Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

महाकवि देवकोटाको १०८ औं जन्मजयन्ती भब्य रुपमा सम्पन्न

दोहा, कात्तिक २१ । कतारमा क्रियाशिल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार, नेपाली साहित्य समाज कतार च्याप्टर , नबोदित साहित्यिक वाचनालय कतार , सन्ध्या ग्रुप अन्तर्गत मुग्लानी सौगात त्रैमासिक पत्रिका र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अन्तर्गत साहित्य विभागको संयुक्त आयोजनामा एकै दिनमा एउतै मंचमा अनेसास नबोदितको नियमित साहित्यिक वाचनको ७५ औ श्रृखंला, नेपाली कला केन्द्रका कलाकारहरुको सांगीतिक प्रस्तुति , नेपालबाट आमन्त्रित कबि उपेन्द्र सुब्बाको एकल कविता वाचन , गायक तथा साहित्यिक सर्जक हरिबिनोद अधिकारीको गिती एल्बम ‘पन्चे बाजा’ को लोकार्पण र चलचित्र निर्देशक प्रकाश आङ्देम्बे द्वारा निर्देशित चलचित्र ‘देश खोज्दै जादा’ को प्रदर्सन गरी फरक फरक ५ वोटा कार्यक्रमहरु संम्पन्न भए ।

पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यकममा नेपाली कला केन्द्रका कलाकारहरुले लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित ‘कुन मन्दिरमा जान्छौ यात्री’ र मुना मदन खण्ड काब्यका गित गायका थिए । महाकवि देबकोटाको जीवनी “अडियो रेकर्ड ” मार्फत प्रस्तुत गरिएको थियो ।

नेपाली साहित्यका साथै अभिनय क्षेत्रमा पनि आफ्नो छुट्टै पहिचान बनार्इ सकेका तथा “खोलाको गित” ,“लाटो पहाड” आदि जस्ता कबिता संग्रह समेत प्रकासित गरी सकेका कबि उपेन्द्र सुब्बाले आफ्नै कबिता संग्रह “खोलाको गित” बाट केहि कबिता वाचन गरेका थिए । बिषय बस्तु र परिस्थितिलाई जस्ताको तस्तै कबिता मार्फत उतार्न सक्ने खुबी भएका कबिले निकै हसिलो शैलीमा “सायद , जडयहाको तर्क ,समान अन्तर , आमाको नाम , ढुंगाको मन , भेडेटारको पिकनिक आदि शिर्षकका रमाइला कबिताहरु सुनाएका थिए ।
बिगत केहि वर्षदेखि कतारमा स्थापित भइ बिबिध साहित्यिक गतिविधिहरु संचालन गर्दै आइरहेका अनेसास कतार र नबोदित साहित्यिक वाचनालय साहित्यिक सस्थाले कवि उपेन्द्र सुब्बा र चलचित्र निर्देशक प्रकाश आङ्देम्बेलाई संस्थाको मानार्थ सदस्यता प्रदान गरेका थिए ।

भुटानबाट नेपाल आई शरणार्थी जीवन बिताइरहेका भुटानी शरणार्थीहरुको कस्टकर जीवन र उनीहरुले आफ्नो स्वदेश फर्कन गरेको संघर्षलाई बिषय बस्तु भएको चलचित्र “ देश खोज्दै जाँदा” को प्रदर्शनले उपस्थित दर्शकहरुलार्इ निकै भाबुक र गम्भीर बनाएको थियो । मानिसले जस्तो सुकै कठिन परिस्थितिमा आफू जन्मेको माटो र आफ्नो जन्म भूमीप्रतिको मायालार्इ कहिल्यै विर्सन सक्दैन भन्ने कुरालाई चलचित्रमा देखाइएको छ ।

नेपाली दूतावास कतारका द्वितीय सचिव हरिप्रसाद अर्यालको प्रमुख आतिथ्यता तथा कार्यकम संयोजक श्यामराज रानाभाटको सभापतित्वमा सम्पन उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ, विभिन्न राजनीतिक दलका भ्रातृ संगठन, जिल्ला सस्था, मातृ संस्था आदिका पदाधिकारीहरु तथा थुप्रै सामाजिक अभियन्ताहरु, बुद्दिजीबी, पत्रकार आदिको ठूलो उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: