‘बाहुबली’ का अभिनेत्री अनुष्कालाई कारको सौखिन

उनले आफ्नो सिनियर ड्राइभरलाई १२ लाखको कार उपहार दिएकी थिइन्

कार्तिक २१ । सुपरहिट हिन्दी चलचित्र ‘बाहुबली’ मा देवसेनाको भुमिका निर्वाह गरेकी नायिका अनुष्का शेट्ठी कारको सौखिन् छिन् । चलचित्रमा आउनु अघि उनको नाम स्विटी थियो । उनको नाम मात्रै नभएर मान्छे पनि स्विटी नै छिन् । उनले आफ्नो सिनियर ड्राइभरलाई १२ लाख मुल्य बराबरको कार उपहार दिएकी थिइन् ।

१४० करोड सम्पत्तिको मालिक्नी अनुष्का हैदराबादको पास क्षेत्रमा जुबली हिल्समा बसोबास गर्छिन् । उनी अहिले एउटा चलचित्रमा काम गरेवापत पाँच करोडसम्म पारिश्रमिक लिन्छिन्। लक्जरी कारकी सौखिन अनुष्कासँग अहिले केही ब्राण्डेड कार छ ।

याे पनि पढ्नुस  साउथ चलचित्रका सुपरस्टार अलु अर्जुन ३५ वर्षमा प्रवेश

‘एमबीएस ज्वेलर्स, द चेन्नई सिल्क, इन्टेक्स मोबाइल’ लगायतका विज्ञापनमा उनले मोडलिङ समेत गरेकी छिन् ।अभिनयमा आउनुअघि उनी योगा प्रशिक्षक थिइन् । उनको परिवारका अन्य कुनै पनि सदस्य चलचित्रमा आबद्ध छैनन् । योग प्रशिक्षक भरत ठाकुरसँग काम गर्ने क्रममा एक निर्देशकले उनलाई चलचित्र खेल्ने प्रस्ताव राखेका थिए ।

याे पनि पढ्नुस  'साहो' को लागि प्रभासले घटाए १० किलो तौल, एक दृश्य खिच्न ३६ घण्टा लगाए

दक्षिण भारतका लोकप्रिय कमेडियन अली बाशाले हिन्दी चलचित्र ‘जिरो साइज’ को अडियो लञ्चको अवसरमा उनको बारेमा भद्दा कमेन्ट गरेका थिए । उनले भनेका थिए कि– ‘अनुष्का शेट्ठी गरम जुलेवी जस्तै हुन्, जो कोही खान चाहन्छ ।’

अनुष्का र प्रभासले केही चलचित्रमा एकसाथ काम गरेका छन् । यहि कारण उनीहरुको अफेयरको हल्ला समेत चल्यो । यतिसम्मकी उनीहरुले विवाह गर्न लागेको चर्चा समेत चल्यो । तर, अन्तिममा दुबैले आफुहरु साथी मात्रै भएको धारणा सार्वजनिक गरे ।

कमेन्ट गर्नुहोस्