Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अचानक विवाह गरेका क्रिकेटरले फ्यानबाट बधाई होइन, गाली पाए

ढाका, कार्तिक २१ । सोसल मिडियामा कसैले विवाह गरेको फोटो पोस्ट गरे, उसलाई बधाई दिनेको ताती लाग्ने गर्छ । तर, बंगलादेशमा एकजना क्रिकेटरले यस्तो गर्दा उल्टो गाली खानु परेको छ।

बंगाली क्रिकेटर तस्कीन अहमदले भर्खरै आफ्नो बिहेको फोटो पोस्ट गरेका थिए। तर, उनले फोटो पोस्ट गर्दा बधाई होइन, गाली खाएका छन्। तस्कीनले २२ वर्षको उमेरमा विवाह गरेका हुन् ।

बंगलादेशका उत्कृष्ट बलर तस्किनलाई सोसल मिडियामा अत्याधिक मात्रामा पछ्याउने गरिन्छ। उनका महिला फ्यान नै धेरै छन् । राम्रो अनुहारका कारण धेरै केटीहरुले उनीसँग विवाहको प्रस्ताव राखेका थिए । तर, कसैलाई थाहा नदिई एक्कासी विवाहको फोटो सार्वजनिक भएपछि उनी र उनको श्रीमती विरुद्ध गालीको बाउन्सर भएको छ।

धेरैले बेहुलीको अनुहारलाई लिएर भत्ता कमेन्ट गरेका छन् । यसमा पनि कसैले पिचाशको संज्ञा दिएका छन् ।

दक्षिण अफ्रिकी भ्रमण समाप्त गरेपछि तस्कीनले बंगलादेश फर्किएर साबिया नाइमासँग विवाह गरेका थिए । उनीहरुबीच लामो समयदेखि अफेयर थियो। अचानक तस्कीनले यो कुरा फ्यानसँग गरेपछि सोसल मिडियामा उनलाई क्रिकेटमा बढि ध्यान दिन आग्रह सहितको प्रतिक्रिया आएको छ।

बधाईको सट्टा नकरात्मक प्रतिक्रिया देखेर तस्कीन दुःखी छन्। २२ वर्षको उमेरमा विवाह गर्ने उनको निर्णयप्रति पनि फ्यानहरुले कट्टाक्ष गरेका छन्। एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: