‘हेभिवेट’ नेताहरूको घिनलाग्दो भिडन्त !

काठमाडौं, कात्तिक २२ ।  दुई हेभिवेटका नेता बिमलेन्द्र निधी र राजेन्द्र महतोबीचको चुनावी भिन्डत समाजिक सञ्जाल फेसबुकमा पनि देखिएको छ । अहिले उक्त निर्वाचन क्षेत्रको चर्चा चिया पसल वा सुत्ने कोठामा मात्र नभई समाजिक सञ्जाल फेसबुकमा समेत पक्ष र विपक्षमा टिका टिप्पणी गर्नेको संख्या धेरै छ ।

दुबैका सर्मथकहरुले फेसबुकमा आफ्ना नेताको प्रसंसा र अर्कालाई आलोचना गर्ने गर्नेहरुको जमात बढ्दै गएको छ । कतिपयले फेसबुकमैत निधि र महतोमध्ये कसले जित्ने भन्ने मत सर्वेक्षण समेत गर्ने गरेका छन् । यी दुई नेताका समर्थकहरुको क्रियाकलापले फेसबुक पेज चुनावी मैदान बनेको छ । उम्मेदवारहरुले स्वय्म फेसबुकबाटै मतदाता रिझाउन विभिन्न प्रकारका समाग्री पोस्ट गर्ने गरेका छन् ।

उम्मेदवारी दिएकै दिन काँग्रेस नेता निधीले ‘मिथिलाको राजधानी जनकपुर मेरो घर हो भन्दै १ सय ६ शब्दको स्टेट्श फेसबुक पोस्ट गरेका छन् । उक्त पोस्टमा उनी लेख्छन् – ‘यहाँ मैले बामे सर्न सिके, पढे हुर्किए । मेरो राजनीति धनुषाबाट सुरू भएर राष्ट्रीय भयो । राजनीतिक यात्राको सहयात्री बनेको धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि आज विधिवत उम्मेदवारी दर्ता गरेको छु । मेरो उम्मेदवारी विकास, अधिकार र आत्मसम्मानका लागि रहेको आम मतदातालाई अवगत नै छ ।’

अहिले समाजवादको नारा दिएर साम्यवाद लादने र आम जनताका नैसर्गिक अधिकार कुण्ठित गरेर जनतालाई दास बनाउने षड्यन्त्र विरूद्ध सचेत रहन सबैमा आग्रह गर्दै उनी अगाडी लेख्छन्,‘–समाजवाद श्रदेय विपीको सपना र सोच हो । यसका लागि नेपाली कांग्रेस अनवरत लडिरहेको छ । अब समाजवादका नाममा साम्यबाद विरूद्ध यहाँहरूको साथ र सहयोगका लागि आग्रह गर्दछु ।’ यसरीे समाजिक सञ्जाल फेसबुक मार्फत नेता निधीले मतदाता रिझाउने प्रयास गरिरहेका छन् ।

उता राजेन्द्र महतोले उम्मेदवारी दिएपछि आफ्ना फेसबुक पेजमा केहि नलेखि एक डिस टेलिभिजनमा दिएको अन्तर्वतालाई पोस्ट गरेका छन् । तर उनका समर्थक र कार्यकर्ताले समाजिक सञ्जालमा उनलाई मधेशको रक्षक भन्नेर पोस्ट गरिरहेका छन् ।

यता, धनुषाका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले फेसबुक लगायतका समाजिक सञ्जालमा कुनै पनि उम्मेदवारलाई आलोचना गरि पोस्ट गर्न मिल्ने बताए । आफ्ना नेताको समर्थनमा लेख्न सक्छन् उनले भने,‘ तर अन्य उम्मेदवारलाई होच्चयाएर वा आलोचना गरेर लेख्नेलाई कारवाही हुनसक्छ ।’ अहिले सम्म कुनै पनि उम्मेदवार त्यस्तो गुनासो लिएर आफु कहाँ नआएको उनले बताए । नयाँ पत्रिकाबाट

कमेन्ट गर्नुहोस्