Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सेक्स गर्नका लागि बिहानको साँढे सात बजेको समय उपयुक्त हुने

कार्तिक २२ । यदि तपाईं बिहान चाँडै उठेर आफ्नो क्रियाकलाप सुरु गर्ने प्रयास गर्नु हुन्छ अब त्यसलाई केही समयकालागि रोकिदिनुस् । एक नयाँ अध्ययनका अनुसार बिहान यौनसम्बन्ध राख्नाले तपाईँलाई अनेक फाइदा हुन सक्छ ।

जानौँ फाइदा र कारण

अध्ययनमा के आयो नयाँ रु हेल्थ एन्ड फिटनेस कम्पनी फोर्जा सप्लीमेन्टको अध्ययनमा विहानको समय यौन सम्बन्ध राख्नाले फाइदा हुने तथ्य सामने आएको हो । उक्त अध्ययनका अनुसार प्रायःजसो व्यक्तिले बिहान साढे सात बजेको समयमा यौनसम्बन्ध राख्नाले तनाव कमहुने र दिनको सुरुवातपनि राम्रो हुने बताए ।

अध्ययनमा सहभागी मानिसहरुले बिहानको समय यौनसम्बन्ध राख्नाले पुरै दिन मुड फ्रेश रहने बताए । यसको एक लोजिकल कारण भनेको बिहानको समयमा पुरुषको टेस्टोस्टेरोन लेभेल निकै उच्च रहन्छ ।

जसले गर्दा उक्त समय यौन सम्बन्ध राख्दा निकै जोशिलो र धेरै समय टिक्ने हुन्छ । फोर्जा सप्लीमेन्ट रिसर्चमा मानिसको सर्केडियन रिदम ९स्लीपरवेक साइकिल र उक्त समयको तपाईँको गतिविधि० लाई अवलोक नगर्न चाहन्थे । उनले १ हजार मानिसलाई समावेश गराएर यो अध्ययन गरेका थिए । अध्ययनकर्ताले अध्ययनमा सहभागिलाई आफ्नो दैनिक क्रियाकलाप जस्तै स् व्यायाम, घरको काम, अफिसको काम र सेक्सको बेला राम्रो प्रदर्शन ९फरफम० गर्ने गर्छन् ती सबैलाई ध्यान दिनका लागि भनेका थिए । के यसो गर्नाले साच्चि हुन्छ फाइदारु के बिहान उठेर यौन सम्पर्क गर्नुको कुनै फाइदा छ त रु पक्कै पनि छ १ आफ्नो दिनचर्यामा एउटा सानो परिवर्तन गरेर तपाईँ आफ्नो तौल कम गर्न सक्नु हुन्छ साथै फिट रहन र कार्य क्षमतापनि बढाउन सक्नुुहुन्छ ।

अन्त्यमा फाइदाका साथै तपाईँ रोमान्टिक पार्टनर हुनुको कम्प्लिमेन्ट पनिपाउन सक्नु हुन्छ ।

एजेन्सीको सहयोगमा

कमेन्ट गर्नुहोस्

%d bloggers like this: