नेपाल आज ओमानसँग भिड्दैं

काठमाडौं, कात्तिक २२ । कीर्गितानमा जारी एएफसी अण्डर १९ एसियाकप छनोट फुटबलको अन्तिम खेलमा नेपाल आज ओमानसँग भिड्दै छ ।

यसअघि भएका तीनै खेलमा नेपाल पराजित भएको थियो । आजको खेलमा नेपाल सान्त्वना जितको खोजीमा छ । प्रतियोगितामा कमजोर प्रदर्शन गर्दै आएको नेपाल लगातार तेस्रो हार ब्योहोर्दै प्रतियोगिताको छनौटबाट बाहिरिसकेको छ ।

यसअघि तीन खेल खेलेको ओमान १ मा जित, १ मा बराबरी र १ मा हार ब्योर्होदै अंक तालिकाको चौथो स्थानमा छ । ३ खेलको समाप्तीमा ४ अंक जोडेको ओमानको पनि छनोट सम्भावना कम छ ।

खेल कीर्गितानको बिसेकस्थित अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयानुसार पौने १२ बजे सुरु हुनेछ । छनोट अन्तर्गत समूह ‘ए’बाट युएई शत प्रतिशत नतिजा निकाल्दै एसिया कपका लागि छनोट भइसकेको छ ।

कमेन्ट गर्नुहोस्