नरेश भट्टराईसँग सेल्फी लिँदै रविना र अनिल

कात्तिक २२ । लोकप्रिय संचारकर्मी नरेश भट्टराई विगत दुई दशकदेखि संचारमाध्यममा सक्रिय छन्।

गीत लेखनमा पनि डेढ दशकदेखि क्रियाशील उनले करिब तीन सय गीत रचना गरिसकेका छन् । दुईवटा एकल एल्बम सार्बजनिक गरिसकेका भट्टराईको तेस्रो एकल एल्बमको रुपमा ‘फलो मी’ रहेको छ । यस एल्बममा लोकप्रिय पप–गायक अनिल सिंहको एकल संगीत र हङकङ निवासी नवगायिका रविना थापाको स्वर रहेको छ । ६ फरक भावका गीतहरु समेटिएको ‘फलो मी’मा ‘सेल्फी क्वीन’, ‘ह्याप्पी न्यू इयर’, ‘मनको गाँठो’, ‘हिरो’ र ‘ओ प्रिय’, ‘रेलीमाई’ बोलका गीतहरु रहेका छन् । उक्त एल्बमका गीतहरु मध्येको ‘सेल्फी क्वीन’को भिडियो सार्बजनिक भएको छ।

याे पनि पढ्नुस  'जय भोले'को 'उम्लियो भने पोखिन्छ' गीत युट्युबमा सावजनिक (भिडियोसहित)

सार्बजनिक भएको एकसातामै लोकप्रिय बन्न पुगेको उक्त भिडियोमा हाँस्य कलाकार सन्दीप क्षेत्री, संचारकर्मी सुशील नेपाल, राजेश थापा र गायिका स्वंयमको अभिनय छ । संचारकर्मी सुब्रत आचार्यले निर्देशन गरेको भिडियोलाई अर्जुन तिवारी तथा टिमद्वारा छायांकन र भरत रेग्मीले सम्पादन गरेका छन् । ‘भ्वाइस अफ नेपाल’को उपाधि पाएका सञ्चारकर्मी नरेश भट्टराई लामो समयदेखि इमेज एफएममा कार्यरत छन् ।

कमेन्ट गर्नुहोस्