Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ल्याण्डफिल्ड साइडका लागि जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढ्यो

लोकेश धामी

कैलाली, कार्तिक २२ । फोहोरमैला व्यवस्थापनका लागि कैलालीको धनगढी उपमहानगरपालिका–३ सरस्वती नगरमा ल्याण्डफिल्ड साइड निर्माण गर्न जग्गा अधिग्रहणका लागि प्रक्रिया अगाडि बढेको छ । ल्याण्डफिल्ड साइडका लागि करिब ३५ विगाह जग्गाको पहिचान भएपछि जग्गा अधिग्रहणका लागि प्रक्रिया अगाडि बढेको हो ।

जसअन्तर्गत अहिले जग्गाको मुल्यांकन लगायतका कार्य अगाडि बढाइएको धनगढी उपमहानगरपालिको जनाएको छ । एडीभीको सहयोगमा क्षेत्रीय विकास परियोजना अन्तर्गत निर्माण हुने ल्याण्डफिल्ड साइडका लागि जग्गा अधिग्रणको कार्य डेढ महिनाभित्र गरी सकिने बताइएको छ । अहिले ल्याण्डफिल्ड साइडका लागि जग्गा पहिचान गरिनुका साथै अधिग्रहणका लागि प्रक्रिया अगाडि बढाइएको धनगढी उप–महानगरपालिकाका इन्जिनियर दिजराज भट्टले जानकारी दिए ।

विभिन्न कारणले ढिला हुदै आएको ल्याण्ड फिल्ड साइडको कार्यलाई तिव्रता दिन नगरबासीले आग्रह गरेका छन् । अहिलेसम्म कुनै पनि ठाउमा पनि फोहोर व्यवस्थापनका लागि ल्याण्ड फिल्ड साइड नबनेकाले यो कार्यले तिव्रता पाउनुपर्ने नगरबासीमो माग छ । झण्डै ६० करोडको लागतमा निर्माण भइरहेको ल्याण्डफिल्ड साइड बनेमा फोहोर व्यवस्थापनमा सजिलो हुने धनगढी तारानगरका स्थानीय तारादत्त पनेरुले विश्वास व्यक्त गरे ।

फोहोर फाल्ने ठाउँको अभावमा उपमहानगरपालिकाले सबै क्षेत्रबाट फोहोर संकलन गर्न सकेको छैन । अहिले उपमहानगरपालिकाले मुख्य बजार तथा शहरी वडाबाट मात्रै फोहोर संकलन गरिरहेको छ । ल्याण्डफिल्ड साइड भएमा फोहोरको बर्गिकरण गरि पुनःप्रयोगकासाथै धेरैले रोजगारी पाउने इन्जिनियर भट्टले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: