उम्मेदवार विश्वकर्माको गाडी तोडफोड

कास्की, कात्तिक २२ । एमालेका पोलिटव्युरो सदस्य एवम् प्रतिनिधिसभा सदस्यका उम्मेदवार जगत विश्वकर्माको चुनाब प्रचारमा प्रयोग भएको गाडी अज्ञात समूहले तोडफोड गरेको छ ।

कास्की निर्वाचन क्षेत्र नम्बर ३ का वाम गठबन्धनका साझा उम्मेदवार विश्वकर्माको गाडी अज्ञात समूहले तोडफोड गरेको हो । विश्वकर्माले चुनाव प्रचारप्रसारका लागि प्रगोग गर्दै आएको पर्यटन सेवा क्षेत्रको ग १ य ७२८ नम्बरको स्कारपियो जिप मंगलबार राती करिब सवा १० बजेतिर तोडफोड भएको थियो ।

निर्वाचन प्रसारका लागि प्रयोग गरिएको उक्त गाडीको तोडफोडबाट पछाडिको शिशा फुटेको बिश्वकर्माले बताए । उनले भने, ‘चुनावका लागि घरदैलो गरेर आएका हामी साथीहरुसगै खाना खान थकाली भान्छा घरमा गएका थियौं । करिव ४० मिनेटपछि खाना खाएर बाहिर आउँदा गाडीको पछाडिको शिशा फोडिएको देखें ।’

उम्मेदवार विश्वकर्माले गाडी कस्ले र किन तोडफोड भयो नन्ने कुरा जानकारी नभएको बताए । कास्की प्रहरीले घटनाका सम्बन्धमा अनुसनधान सुरु भएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: