देजमोकाे घोषणापत्र सार्वजनिक, अन्य दलहरुमाथी अाराेपै अाराेप

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीको मोर्चाले बुधबार चुनाबी घोषणापत्र सार्वजनिक गरेको छ ।

देशभक्त जनगणतान्त्रिक मोर्चाले काठमाडौमा एक कार्यक्रम आयोजना गरी पार्टीका नेता तथा चुनावी मोर्चाका अध्यक्ष सीपी गजुरेल घोषणापत्र सार्वजनिक गरेका हुन् ।

२८ बुँदालाई १४ पेजमा समेटिएको माेर्चाकाे घोषणापत्रमा संसदबादी दलहरुलाई यथास्थितिबादीको आरोप लगाइएको छ । अहिलेको संघीय संरचना गलत रहेको उल्लेख उल्लेख गर्दै संविधान अपुरो रहेको तथा परराष्ट्र नीति पञ्चशिलको आधारमा हुनुपर्ने सर्वमान्य मान्यता कुल्चदै त्यसविपरित संविधान मौन रहेको उल्लेख छ ।

अहिलेका प्रमुख भनिएका राजनीतिक दलहरु चुनावपछि पनि नसच्चिने भएकाले मुलुकको बैकल्पिक शक्ति नै माओवादी क्रान्तिकारी भएको दावी घोषणापत्रमा गरिएको छ ।

कमेन्ट गर्नुहोस्