Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मन्त्री बन्न होइन तपाईहरुको सेवक बन्न मलाई भोट दिनुस् : विष्ट

गुल्मी, कात्तिक २२ । नेकपा एमालेका सचिव एवम प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोकर्ण विष्टले खेतमै चुनाबी सभा गरेका छन ।

आउँदो मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि चुनावी प्रचारमा निस्किएका एमालेका सचिव एवं गुल्मी क्षेत्र नम्बर २ का वाम गठबन्धनका साझाउम्मेदवार विष्टले किसानको खेतमै चुनावी सभा गरेका छन् ।

घरदैलो कार्यक्रम अन्तर्गत बुधबार मुसिकोट नगरपालिका–५ आँपचौरमा धान भित्र्याउने तयारीको लागि खेतमा ब्यस्त बनेका किसानको सहजताका लागि विष्टले खेतमै किसानसँग छलफल गरेका हुन ।

विष्टले नागरिकको हकअधिकार स्थापित गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताउदै भने, ‘कोही मन्त्री हुन्छु भोट दिनुस भन्छन्, तर म मन्त्री र मुख्य मन्त्री हुने नभई नागरिकको सेवा गर्ने सेवक बन्नका लागि भोट दिन आग्रह गर्दछु ।’

कमेन्ट गर्नुहोस्

%d bloggers like this: