Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पहिले सामान्तबाद अन्त्य, अहिले समाजबाद निर्माणको लडाईमा छु: अपार

तुलसीपुर, कात्तिक २३ । बमगठबन्धनको तर्फबाट दाङ क्षेत्र नं.३ प्रदेश (क) का उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता जगप्रसाद शर्मा ‘अपार’ले अबको आफनो लडाई समाजबादको आधारतयार पार्न भएको बताएका छन् ।

युद्धका घाईतेसमेत रहेका अपारले पहिले पञ्चायती ब्यबस्था, सामान्तबाद, राजतन्त्र अन्त्य गर्न ज्यानको बाजी राखेर लडेको भन्दै अब देशको सम्बृद्धि र बिकासका लागि चुनाबी लडाईमा होमिएको बताए । ५ वर्षभित्र यस क्षेत्रको बिकासका लागि संभव भएसम्मको प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गर्दै आफू त्यसका लागि लागि पर्ने बताए ।

बामगठबन्धनले तुलसीपुर उपमहानगरपालिका १३ ढकेनामा गरेकोे चुनाबी कोणसभालाई सम्बोधन गर्दै नेता अपारले स्थायी सरकार निर्माणको लागि बामगठबन्धनको बिकल्प नरहेको जिकिर गरे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: