Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

तपाईंहरू निर्वाचित गर्नुस् म विकास गरेर देखाउछु : नेता नेम्वाङ

इलाम, कात्तिक २३ । पूर्वसभामुख सुवास नेम्वाङले देशमा पाँच वर्षसम्म स्थिर सरकार बनाउन र लोकतान्त्रिक विकासका लागि वाम गठबन्धनलाई निर्वाचनमा बहुमत दिन आग्रह गरेका छन ।

इलाम क्षेत्र नं २ का वाम गठबन्धनका उम्मेदवार नेम्वाङले बिहीबार बिहान चमैताको बाघखोरमा आयोजित कार्यकर्ता भेटघाटमा उम्मेदार संविधानले सुनिश्चित गरेको जनताका अधिकारलाई अब वाम गठबन्धनले कार्यान्वयनमा ल्याउने बताए ।

समुन्नत राष्ट्रको परिकल्पनाका लागि पनि गठबन्धनले स्पष्ट बहुमत ल्याउनुपर्नेमा जोड दिँदै पूर्व सभामुख नेम्वाङले मुलुकको दिगो विकास र समृद्धिका लागि गठबन्धनको घोषणापत्रमा उल्लेख भएबमोजिम नै अघि बढ्ने बताए ।

विचार र सिद्धान्त मिल्ने पार्टीसँग गठबन्धन गरिएको स्पष्ट पार्दै नेम्वाङले भने,“क्षेत्र नं २ का जनताको समृद्धि र विकास चाहेको छु, तपाईंहरू निर्वाचित गर्नुस् म विकास गरेरै छाड्छु ।”

कमेन्ट गर्नुहोस्

%d bloggers like this: