गलकोटको संयुक्त चुनावी सभालाई ओली, प्रचण्ड र केसीले सम्बोधन गर्ने

बागलुङ, कात्तिक २३ । आगामी कात्तिक ३० गते वागलुङको गलकोटमा हुने वाम गठबन्धनको संयुक्त चुनाबी सभालाई सम्बोधन गर्न एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका अध्यक्ष यहाँ आउने भएका छन ।

आगामी मंसिर २१ गते पहिलो चरणमा चुनाब हुने ३२ जिल्लाको निर्वाचनलाई लक्षित गर्दै कात्तिक ३० गते गलकोटमा हुने संयुक्त वाम गठबन्धनका चुनाबी सभालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी गलकोटमा आउने भएका हुन ।

याे पनि पढ्नुस  एमाले माओवादीबीच यसरी भयो उपत्यकामा सिट बाँडफाँड

संयुक्त बामको चुनावी सभालाई सम्बोधन गर्ने स्याङ्जा र बागलुङको गलकोटका लागि कात्तिक ३० गतेका लागि कार्यक्रम तह भएको माआवादीका एक नेताले बताए ।

यस अघि बाम गठबन्धनको लाल किल्ला बनाउने नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य देवेन्द्र पौडेले ‘सुनिल’ उद्घोष गरेका थिए ।

कमेन्ट गर्नुहोस्