तीन महिनाअघि नै ‘कालो पोथी’ लिक भएको रहस्य खुलासा

निर्देशक भामले भन्छन्– ‘थाहा छैन

कार्तिक २३ । नेपाली चलचित्र क्षेत्रमा फेरि अर्काे नयाँ नेपाली चलचित्र ‘कालो पोथी’ सामाजिक सञ्जालमा लिक भएको छ ।

चलचित्र ‘लुट २’ जुन फेसबुकबाट लिक हुन पुगेको थियो, अहिले त्यही फेसबुकबाट अर्को एक फिल्म ‘कालो पोथी’ पनि लिक भएको रहस्य खुल्न आएको छ ।

याे पनि पढ्नुस  चलचित्र ‘लव स्टेशन’ को शुभ मुहुर्त सम्पन्न, भोलि सुटिङका दार्जिलिङ प्रस्थान गर्दै

सोही पेजबाट सोझै ‘लुट २’ जसरी लिक नभएपनि फेसबुक पेज सञ्चालकले फिल्मको उपलब्ध लिंक शेयर गरेका छन्। फिल्म ब्लगिङ साइट ब्लगस्पटबाट रिलिज भएको छ । सो ब्लगस्पटमा ‘कालोपोथी’ राम्रो गुणस्तरमा उपलब्ध छ।

फिल्मका निर्देशक मीन भामले आफूलाई यसबारेमा केही थाहा नपाएको प्रतिक्रिया दिएको छ । उनले भने– ‘हामीले त हल रिलिजपछि कुनै माध्यमबाट पनि रिलिज गर्ने अनुमति दिएका छैनौं ।’

याे पनि पढ्नुस  ‘छक्का–पञ्जा २’ को ‘म त यता किनारामा’ गीत सार्वजनिक (भडियोसहित)

कमेन्ट गर्नुहोस्