Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एप्पलमा कर्मचारीको वार्षिक पारिश्रमिक १ करोड ३१ लाखसम्म पाउने

नयाँ दिल्ली, कार्तिक २३ । विश्व चर्चित कम्पनी एप्पलले पहिलो पटक भारतमा रोजगारी दिने भएको छ। यसका लागि एप्पलले ‘प्लेसमेन्ट’ कार्यक्रमलाई अगाडि सारेको छ। यो कार्यक्रम अन्तर्गत भारतमा रहेका प्रतिभाशाली इन्जिनियरलाई एप्पलमा काम गर्ने मौका खुल्ने छ ।

एप्पलले यो कार्यक्रम हैदराबादको चर्चित आइआइटीमा लागु गर्न लागेको हो। जहाँ उसले इन्जिनियरहरुको छनौट गर्ने छ । यसका लागि आईआइटी हैदराबादका करिब ३ सय ५० विद्यार्थीको अन्तर्वार्ता उसले लिन लागेको हो ।

अन्तर्वार्तामा बिटेक, एमटेक, इन्जिनियरिङका विद्यार्थी छन् । यसअघि पनि गुगल, फेसबुक, माइक्रोसफ्टजस्ता बहुचर्चित कम्पनीले भारतमा अस्थायी कार्यक्रमको आयोजना गरिसकेका छन् । भारतमा बढ्दो एप्पलको लोकप्रियतासँगै ‘म्यानुफ्याक्चरिङ प्लान्ट’ लगाउने विषयमा पनि चर्चा चलिरहेको छ।

एप्पल आफ्नो कर्मचारीलाई आकर्षक तलब दिनका लागि पनि विश्व चर्चित छ। कम्पनीमा काम गर्न सम्बन्धित विषयको डिग्रीको जरुरी पर्ने नै छ, यसबाहेक पनि समस्यालाई सहजै सुल्झाउन सक्ने खुबी हुनु जरुरी छ। फोब्र्स र बिजनेश इनसाइडरको रिपोर्टअनुसार एप्पलमा काम गर्ने कर्मचारीको वर्षको कमाई नै १ करोड २१ लाखदेखि १ करोड ३२ लाखसम्म छ ।

एप्पलमा पदअनुसारको तलब

सफ्टवेयर इन्जिनियरः १ करोड ५ लाख– १ करोड २१ लाख

ग्लोबल सप्लाई मेनेजरः १ करोड ३२ लाखदेखि सुरु

एट होम एडवाइजरः ३७ लाख

इन्जिनियरिङ प्रोजेक्ट मेनेजरः १ करोड ४५ लाख

एप्पलसँग जोडिएका अन्य कुरा

विश्वभरी एप्पलका १ लाख २३ हजार कर्मचारी छन्

२०१६ मा एप्पलले २१ करोड १० लाख आइफोन बेचेको थियो

२०१६ को रिपोर्टअनुसार एप्पलको १७ देशमा ४७५ स्टोर्स छ

एजेन्सी

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: