Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

छ अंकले झरेको नेप्सेमा ४६ करोडको कारोबार

काठमाडौं, कार्तिक २३ । साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक करिब ६ अंकले घटेको छ। ५.८ अंकको गिरावटपछि बजार १४६० अंकमा अडेको छ।

१५४ कम्पनीको ४६ करोड ८२ लाखको कारोबार भएको छ । जलविद्युत र माइक्रोफाइनान्स उपसूचक बढेका छन् भने अरु घटेका छन् । जलविद्युत ६ तथा माइक्रोफाइनान्स १ अंकले बढे।

बैंकिङ ६, व्यापार १, होटल ९, विकास बैंक ११, फाइनान्स ७, बिमा २४, उत्पादन ३ र अन्य समूह १ अंकले घटेका छन् । कारोबारका आधारमा एभरेष्ट बैंक अग्रस्थानमा रह्यो ।

कम्पनीको ३ करोड २० लाखको कारोबार भएको छ। मूल्य प्रतिकित्ता ११०५ कायम भएको छ । दोस्रोमा रहेको स्टान्डर्ड चार्टर्ड बैंकको २ करोड ५७ लाखको कारोबार भयो । मूल्य प्रतिकित्ता १९८५ कायम भएको छ । नागबेली लघुवित्त, नविल बैंक पनि कारोबारका आधारमा अगाडि रहे ।

समता माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ९.९ प्रतिशत नाफा कमाए । नाफा कमाउने अन्यको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा तल सीमित रह्यो।

गुमाउनेमा रिलायबल माइक्रोफाइनान्सका लगानीकर्ता अगाडि देखिए । सो कम्पनीको मूल्य ७ प्रतिशतले घटेको छ। कन्काई विकास बैंक, हाम्रो विकास बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका लगानीकर्ता पनि गुमाउनेमा अगाडि देखिए।

सेतोपाटीबाट साभार

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: