वाम गठवन्धका उम्मेदवारलाई जिताउन व्यवसायीहरुको भेला

पोखरा, कात्तिक २३ । वाम गठवन्धका उम्मेदवारलाई जिताउन पोखराका व्यवसायीहरुको भेला सम्पन्न भएको छ । पोखरा आस पासमा छरीएर रहेका निवार्चन क्षेत्र नम्वर ३ (ख) का व्यवसायीहरु बिहीबार जम्मा भएर वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सक्दो पहल गर्ने सहमति भएको बताइएको छ ।

निर्वाचन परिचालन समितिले आयोजना गरेको छलफलमा सहभागी विभिन्न सम्र्पक समितिहरुले अव आफ्नो निवार्चन क्षेत्रमा गएर चुनावी कार्यक्रममा सहभागी हुदै वामगठवन्धका उम्मेदवारहलई भारी मतका साथ विजय गराउने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा प्रदेश (ख) का उम्मेदवार राजीव पहारीले सम्वोधन गर्दे अव घर घरमा गएर मतदाताहरुलाई मतदान कसरी गर्ने भनेर सिकाउनु पर्ने वताए ।

कार्यक्रममा निवार्चन परिचालन कमिटीका अग्नी कंडेल युवा संघ केन्द्रीय सचिव माधव वास्तोला लगाएतले वोलेका थिए ।

कमेन्ट गर्नुहोस्