जनताको समाजवादका लागि बाँकी जीवन समर्पित गर्छु : देवेन्द्र पौडेल

वागलुङ, कात्तिक २३ । नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य एवम् वागलुङ २ का उम्मेदवार देवेन्द्र पौडेलले देशको स्वाभिमान, सार्वभौमता र जनताको अधिकारका लागि आफू बाँच्चुन जेल कटिबद्ध भएर जनताको समाजवादका लागि समर्पित गर्ने जनाएका छन ।

तमान खोला गाउँपालिकाको बोङ्गादोभानमा बिहीबार आयोजित वामपन्थी गठबन्धनको चुनावी सभालाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका सचिवालय सदीस्य एवम् क्षेत्र नं २ का प्रतिनिधि सभाका साझा वामपन्थी उम्मेदवार देवेन्द्र पौडेलले उक्त कुरा बताएका हुन ।

भाई फुटे ग्वाँर लुटे भन्ने उखान जोड्दै उनले भने कम्युनिष्टलाई कमजोर पार्ने बिपक्षीको षडयन्त्रका लागि यो गठबन्धनले कडा जवाफ दिएको बताउदै अब देशमा एउटा मात्र कम्युनिष्ट पार्टी हुने उद्घोष गरे ।

चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले आरोप प्रत्यारोपले देशको विकास नहुने रहेछ अब देशमा दुई तिहाइ बहुमत पुराएर जनताको स्वतन्त्रता र देशको समृद्धिका निम्ती गठबन्धन हुँदै पार्टी एकता हुने बताए ।

मंगला निम्न माध्यमिक विद्यालयलाई माबि बोङ्गादोभानमा मोटरेवल पुल बनाई बुर्तिबाङ बोङ्गादोभान खुंखानी हुदै म्याग्दीसम्म पुग्ने व्यबस्थित मोटरबाटो आफुले ५ बर्ष सम्ममा पुरा गर्ने प्रतिबद्ता व्यक्त गरे ।

कार्यक्रम बोल्दै प्रदेश ख का साझा बाम उम्मेदवार टेकबहादुर घर्तीले अब बामपंथीको जितले जनतामा खुसीको लहर आउने बिश्वास व्यक्त गरे ।

उनले भने यदि यस क्षेत्रमा कारण बस काङ्ग्रेसले जित्यो भने सम्झिनुस यस क्षेत्रमा हरियो सर्प पसेको सावित हुनेछ त्यसैले जनता सचेत भई बाम गठबन्धनका साझा उमेदवारलाई जिताउन आग्रह गरे ।

ढोरपाटन नगर प्रमुख देव कुमार नेपालीले बागलुङका दुर्गम ठाउँको बिकाशका लागी गठबन्धनका साझा उमेदवार भएको भन्दै यसमा जनता नै जनार्दन हुनुपर्ने बताए । बिशेष गरि दलित समुदायलाई निर्वाचनमा बढि प्रयोग गरेको बताउदै अब कसैको नोटमा नबिकी बाम गठबन्धनका साझा उमेदवारलाई मतदान गर्ने आग्रह गरे ।

कार्यक्रममा एमालेका समानुपातिक उमेदवार मोहनलाल शर्मा अखिल नेपाल महिला क्रान्तिकारी जिल्ला अध्यक्ष कुसुम बुढा नेकपा माओवादीका केन्द्रीय आयोजक समिति सदस्य चन्द्रलाल अर्याल नेकपा माओवादी तमान खोला गाउँपालिका अध्यक्ष देब बहादुर पुन लगाएले आफ्नो मन्तव्य राखेका थिए ।

सभा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सूर्य श्रीपालीको अध्यक्षतामा नेकपा एमालेका लिलबहादुर पुनको स्वागत र प्रगतिशील पत्रकार संघका प्रशान्त पुनले संचालन गरेका थिए ।

कमेन्ट गर्नुहोस्