विश्वकप जितें तीर्थयात्रामा जाने मेस्सीको इच्छा

काठमाडौं, कात्तिक २३ । स्टार स्ट्राइकर लियोनल मेस्सीले सन २०१८ मा रूसमा हुने विश्वकप फुटबलको उपाधि अर्जेटिनाले जिते आफू तीर्थयात्रामा जाने बताएका छन । २०१६ मा ब्राजिलमा भएको विश्वकपको फाइनलमा मेस्सीको टोलीले जर्मनीसँग १–० गोलले पछि पार्दै उपाधी चुम्नबाट बञ्चित भएको थियो ।

याे पनि पढ्नुस  मेस्सी बने सबैभन्दा धनी खेलाडी, अरुको अवस्था कस्तो?

तर यसपालीको दक्षिण अमेरिकी क्षेत्रको छनौट चरण अन्तर्गत गएको महिना भएको अन्तिम खेलमा मेस्सीले ह्याट्रिक नगरेको भए अर्जेन्टिना विश्वकपमा पुग्ने संभावना नै थिइन भन्दा हुन्छ ।

छनोट चरणको अन्तिम खेलमा मेस्सीको उत्कृष्ट प्रदर्शनसँगैको ह्याट्रिकले अर्जेटिना विश्वकपमा लागि छनोट हुन सफल भएको थियो । क्लब फूटबलमा सबै खाले कीर्तिमानी बनाउन सफल मेस्सी, आफ्नो नेतृत्वका अर्जेटिनाले विश्वकपको उपाधी जित विश्वकै चर्चित खेलाडी बन्ने छन । देशका लागि फुटबल खेलेन भन्ने उनमाथि बारम्बार लगाइने आरोप हो ।विश्वकपको उपाधि घर ल्याउन सके आफू ६८ किलोमिटर तिर्थयात्रा गर्ने मेस्सीले बताएका हुन् । मेस्सीले टिवाइसी स्पोर्टससँगको कुराकनीमा देशलाई उपाधि दिलाउन सके पवित्र तिर्थ यात्रामा निस्कने बताएका हुन् ।

याे पनि पढ्नुस  विश्वकपपछि पहिलोपटक राष्ट्रिय टोलीबाट खेल्दै मेसी र रोनाल्डो

अर्जेन्टिनाका क्याथोलिकहरुले हरेक वर्ष आफ्नो शहरबाट ६८ किलोमिटर पर्ने गरी सान निकोलसको रोसारिओसम्म हिँड्ने गर्छन् । यसलाई पवित्र तिर्थयात्राको रुपमा लिने गरिएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्