Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

त्रिपुरेश्वरको एक वर्कसपमा अागलागी, एक जनाको मृत्यु

'राजधानीमा आगलागी, ठूलो दुर्घटना हुनबाट जोगियो'

काठमाडौं, कात्तिक २३ । त्रिपुरेश्‍वरमा रहेको जयन्ती आयल स्टोरसँगै रहेकाे आलम मेकानिकल वर्कसप बिहीबार साँझ भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार आगलागीमा परी मृत्यु हुनेमा बारा स्थायी घर भएका ३२ वर्षीय मिलयन मियाँको रहेको प्रहरीले जनाएको छ । घटनामा परी घाइते भएका दुई जनाकाे ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार आगलागीबाट करिब रु ४० लाख बराबरको क्षति भएको छ । काठमाडौँ र ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दमकल र अग्नि नियन्त्रक टोलीले आगलागी नियन्त्रण गरेको प्रहरीले जनाएको छ ।

आगलागीका कारण अहिलेसम्म पत्ता लागेकाे छैन । आगलागीबाट जयन्ती पेट्रोल पम्पको स्टोरमा समेत क्षति भएको छ । समयमै आगलागी नियन्त्रणमा आएका कारण ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

“पेट्रोल पम्पमा आगलागी भएको भए ठूलो क्षति हुन सक्थ्यो, समयमै नियन्त्रण हुन सकेकाले दुर्घटना टरेको छ”, उपरीक्षक क्षेत्रीले भने। आगलागीमा परी मृत्यु भएकाको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: