साउदीका एक दर्जन राजकुमार पक्राउपछि अन्य दुईसय नियन्त्रणमा !

काठमाडौं, कात्तिक २४ । करिब एक दर्जन राजकुमारसमेतलाई पक्रेर भ्रष्टाचारविरुद्धको अभियान तीब्र पारेको साउदी अरबले यही अभियोगमा दुई सयभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

ती सबैसँग सोधपुछ र अनुसन्धान भइरहेको साउदी अरबले जनाएको छ ।

पछिल्ला केही दशकमा संगठित भ्रष्टाचार र अनियमितताको माधयमबाट एक सय अर्ब डलरको अपचलन गरिएको त्यहाँका महान्यायाधिवक्ताले जानकारी दिएका छन् ।

याे पनि पढ्नुस  साउदीमा ज्यान गुमाएका २४९ नेपालीलाई करीब १२ करोड क्षतिपूर्ती

तीन वर्षसम्म चलेको अनुसन्धानपछि गएको शनिवार रातदेखि दुई सय एक जनालाई पक्राउ गरिएको महान्यायाधिवक्ता शेख सउद अल मोजेबले जानकारी दिएका हुन् ।

जसमा राजकुमार, केही मन्त्री, ठूला व्यापारीसमेत रहेको बताइएको छन् । पक्राउ गरिएकाविरुद्ध यथेष्ठ प्रमाण जुटाइएको दावी मोजेबको छ ।

याे पनि पढ्नुस  साउदी अरबले लेवनानविरुद्ध युद्ध छेडेको हिज्बुल्लाह नेताको आरोप

यस अभियानबाट मुलुकको आर्थिक गतिविधिमा कुनै फरक नपर्ने अभियुक्तका खाता भने बन्द गरिएको उनले बताए ।

३२ वर्षीय युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा गठित भ्रष्टाचार नियन्त्रण कमिटीले निकै तीब्र रुपमा अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

हिरासतमा लिइएकामा अरबपति व्यापारी राजकुमार अलवलीद बिन तलाल, राजकुमार मितेब बिन अब्दुल्लाह, उनका भाई तुर्की बिन अब्दुल्लाहलगायत रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्