Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा अशुल गर्ने महिला पक्राउ

दाङ, कात्तिक २४ । प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा असुल गर्ने एक महिलालाई दाङमा प्रहरीले पक्राउ गरेको छ ।

दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा रोल्पा स्थायी घर भई हाल घोराही उपमहानगरपालिका–१५ जानकी टोल बस्ने २३ वर्षीया जानकी वली रहेकी छन् ।

दङ्गीशरण गाउँपालिका–७ की २० वर्षीया अनिता योगी र सोही ठाउँका २१ वर्षीय विजयराज विकबाट प्रतिव्यक्ति रु एक लाख ५० हजार लिई ठगी गरेको भन्ने प्रहरीमा जाहेरी आएपछि बिहीबार वलीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सिंहले बताए । वलीविरुद्ध ठगी मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: