राजनीतिको कखरा यहीँ सिकेको हाे : प्रचण्ड

भरतपुर, कात्तिक २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवारी चितवनबाट पहिलो भएपनि आफूले राजनीतिको कखरा यहीबाट सिकेकोले नौलो नभएको बताएका छन । साथै नेपाली जनताकोे विकास र सम्बृद्धिको चाहाना पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

भरतपुर वडा नम्बर ९ मा चुनाबी घरदैलो कार्यक्रमपछि आयोजित कोणसभालाई सम्बोधन गदै प्रचण्डले भने, ‘राजनीतिका कखरा यहीबाट सिकेको हुँ त्यसैले मेरा लागि चितवन नौलो होइन ।’

याे पनि पढ्नुस  डर लाग्दो तथ्यांक- ६ महिनामा ६९ जना नयाँ एचआइभी संक्रमित भेटिए

राजनीतिक स्थायित्व र विकासका लागि अहिलेको निर्वाचन महत्वपूर्ण भएको बताएका छन । वाम गठबन्धनबाट चितवन निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार प्रचण्डले चितवनको वडा नम्बर ९ मा शुक्रबार घरदैलो कार्यक्रम मतदातासँगको भेटघाटका क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै उक्त कुरा बताएका हुन ।

आफ्नो उम्मेदवारी पनि राजनीतिक स्थायित्व र समृद्ध राष्ट्र निर्माणका लागि भएको उल्लेख गर्दै प्रचण्डले भने— “यसैका लागि नै वाम गठबन्धन गरिएको हो ।”

याे पनि पढ्नुस  साँझ ६ बजे चितवनबाट यस्तो आयो परिणाम

भरतपुरको पासरनगरबाट घरदैलो अभियान शुरु गर्ने क्रममा अध्यक्ष प्रचण्डले जनताले विकास चाहेको छ, त्यसैले आम समुदायको चाहना पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

घरदैलोका क्रममा अधिकांश मतदाताले बाटोघाटोको व्यवस्थापन र विकास गर्न आग्रह गरेका थिए । घरदैलोमा आइपुगेका प्रचण्डलाई स्वागत गर्दै अर्का मतदाता सरस्वती पौडेलले घर अगाडिको भत्किएको बाटो देखाउँदै, छिट्टै बनाउन पहल गरििदन आग्रह  गरिन ।

याे पनि पढ्नुस  भरतपुरका विपन्न परिवारलाई चिनियाँ नागरिकद्वारा सहयोग प्रदान

आजै शरदपुर हुँदै ३ नम्बर निर्वाचन क्षेत्रका विभिन्न गाउँमा घरदैलो कार्यक्रम गरिने माओवादी केन्द्र चितवनका इञ्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए । वाम गठबन्धनको अन्य निर्वाचन क्षेत्रका उम्मेदवार समेत अहिले चुनावी घरदैलो अभियानमा सक्रिय भएका छन् ।

कमेन्ट गर्नुहोस्