Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जनार्दन शर्मालार्इ लक्षित गरी बम प्रहार

रुकुम, कात्तिक २४ । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वगृहमन्त्री जनार्दन शर्मालाई लक्षित गरि रुकुममा बम प्रहर गरिएको छ ।

बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी रुकुमको चौरजहारी नगरपालिका–८, को गोइरीमा २ वटा बम प्रहार गरिएको हो । बम प्रहारबाट कुनैपनि मानवीय र भौतिक क्षति नभएको बताइएको छ ।

चौरजहारीको चुनावी कार्यक्रम सकेर सानीभेरी गाउँपालिकाको सिम्ली आउँदै गरेको प्रचार टोली माथि सडकमाथिबाट सुतली बम प्रहार भएको प्रहरीले जनाएको छ ।

बम कसले प्रहार गरेको भन्ने अहिलेसम्म जानकारी नभएको प्रहरीले जनाएको छ । घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको बताइएको । बम नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले प्रहार गरेको हुनसक्ने आशंका गरिएपनि पुष्टि भइनसकेको प्रहरीले जनाएको छ ।

वाम गठबन्धनका उम्मेदवार शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी भएको बम प्रहारलाई एमाले–माओवादी पार्टी एकता संयोजन समिति रुकुम,पश्चिमले विरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: