कञ्चनपुर कांग्रेसमा पहिरो, दर्जनौ नेता माओवादीमा प्रवेश

बेलडाँडी, कात्तिक २४। नेपाली कांग्रेसका पूर्वजिल्ला सदस्य एवम् बेलडाँडीमा सक्रिय कार्यकर्ता ईश्वरी भट्टसहित दर्जनौ स्थानीय नेता तथा कार्यकर्ता कांग्रेस परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

कांंग्रेसले झुठा आश्वासन मात्रै दिएको र विकासको काम नगरेकाले सक्रिय नेता बिना मगरलाई जिताउन माओवादी केन्द्रमा प्रवेश गरेको भट्टले बताए । ‘जितेका नेता पनि निर्वाचन क्षेत्रमा देखिँदैनन् । तर, बिना मगर चुनाव हारेर पनि निरन्तर हाम्रो बिचमा रहनुभयो, थुप्रै विकासका काम गर्नुभयो,’ उनले भने, ‘कुनै पदमा नभएर पनि उहाँले रौलेश्वर, कालिका, वैवाह क्षेत्रमा सडक ग्राभेलका योजना ल्याउनुभयो ।’
भट्टको नेतृत्वमा बेलडाँडीका पूर्वगाउँ समिति सचिव डम्मरबहादुर शाह, क्रियाशील सदस्य हेमराज भट्ट, यज्ञराज भट्ट, घनश्याम कठायत, निर शाहु, कमल शाह, लाभुराम चौधरी कांग्रेस परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

त्यस्तै, कांग्रेसबाट अनिता राना, सोहत्तर राना, सोमा राना, रेखा राना, बिन्दु राना, गीता राना, रविता राना, फुलमति राना, चन्द्रवति राना, मगरी राना, मिठ्ठु राना, सोमति राना, इन्द्रवति राना, बिन्दु राना, बन्धो राना, सुहागा राना, गोदावरी राना, जेली राना, पुरन राना, भानी राना, तारा राना, सुनिल राना, भीमबहादुर सुनार बलबहादुर सुनार, सुर्जे सुनार माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

कांग्रेसको बेलौरी नगरपालिकाका क्रियाशील सदस्य विवेक चन्द, नरेन्द्र चन्द, पदम साउँद, सुरेश कुँवर, मनोज शाही र महेश कुँवर माओवादी केन्द्रमा प्रवेश गरेका छन् । यस्तै, बेलौरीकै छत्रबहादुर शाह, सुरतबहादुर शाह, भवेन्द्रबहादुर शाह, रणेन्द्रविक्रम शाह, मोहन खत्री, विजय सिंह, सागर शाह, सरस्वती शाह, मधुदेवी शाह माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

राष्ट्रिय जनमोर्चाबाट रामबहादुर बुढाक्षेत्री, मधेशी जनाधिकार फोरमबाट मानबहादुर चौधरी र पिछडा वर्ग उत्थान समिति कञ्चनपुरका अध्यक्ष ज्ञानदेवी बोट माओवादी केन्द्रमा प्रवेश गरेका छन् । राप्रपाबाट रति सुनार र रामबहादुर टमटा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: