नेपाली इन्जिनियरलाई चीनमा तालिमको अवसर

काठमाडौं, कात्तिक २५ । नेपालको रेल क्षेत्रका प्राविधिक जनशक्तिको क्षमता विकासका लागि अर्को वर्ष (सन् २०१७) देखि तालिम दिन चीन सहमत भएको छ ।

त्यससम्बन्धी दुईपक्षीय सहमतिपत्र हस्ताक्षरसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र चिनियाँ टोली प्रमुख जेङ चियानबीच माइन्युट आदनप्रदान भएको छ । सहमतिअनुसार नेपाली पक्षले सन् २०१७ को सुरुवातमै इन्जिनियरलाई तालिम दिनेबार प्रस्ताव पठाउनेछ ।

याे पनि पढ्नुस  वन बेल्ट वन रोड कार्यान्वयन गर्न समिति गठन

नयाँ पत्रिकामा खबर छ । भौतिक पूर्वाधार मन्त्रालयका अनुसार कुन विषय, कतिजना, केका लागि भन्ने विषयलाई निश्चित गरेर प्रस्ताव पठाइनेछ ।

यसअघि सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दुई देशका उच्च अधिकारीबीच भएकोे छलफलमा नेपालको रेल क्षेत्रका लागि अत्यावश्यक संस्थागत विकास र प्राविधिक जनशक्तिको क्षमता विकासबारे मौखिक समझदारी भएको थियो ।

याे पनि पढ्नुस  चीनद्वारा नेपाल पर्यटन प्रबर्द्धन कार्यक्रम घोषणा, राष्ट्रपति नेपाल आउने संकेत

तालिमले डिजाइन, विस्तृत आयोजना प्रतिवेदन तयारी, रेलमार्गको स्टेसन निर्माण, रेलका संकेतलगायत विषयमा नेपाली प्राविधिकको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्नेछ । त्यसपछि रेलमार्गको हरेक काममा परामर्शदातामा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य हुनेछ । पाँचदिने भ्रमणमा २० कात्तिकमा नेपाल आइपुगेको टोलीले पूरै तीन दिन (२१, २२ र २३ कात्तिक) केरुङ–काठमाडौं, काठमाडौं–पोखरा र पोखरादेखि लुम्बिनीसम्मको स्थलगत अध्ययन गरेको थियो ।

याे पनि पढ्नुस  अन्तरदेशीय प्रसारण लाइन नेपालको प्राथमिकतामा : ऊर्जामन्त्री पुन

कमेन्ट गर्नुहोस्