पूर्वप्रधानमन्त्री विष्टको निधन

काठमाडौं, कात्तिक २५ । पूर्वप्रधानमन्त्री कीर्तिनिधी विष्टको ९१ वर्षको उमेरमा निधन भएको छ ।  लामो समयदेखि अस्वस्थ रहेका विष्ट पछिल्लाे समय क्यान्सर राेगबाट पीडित थिए ।

शनिबार विहान करिब ११.३० ज्ञानेश्वरमा रहेको घरमा विष्टका निधन भएको हो । विष्टको अहिले केही बेरमा पशुपति आर्यघाटमा अन्तिम संस्कार हुने बताइएको छ ।

विष्ट तीन पटक प्रधानमन्त्री र एकपटक मन्त्रिपरिषदको उपाध्यक्ष भएका थिए । मृत्यु अघि नै विष्टले आफ्नो अन्तिम संस्कार राजकीय सम्मान विना गरीदिन परिवारलाई आग्रह गरेकाले साही अनुसार अन्त्येष्टी गरिने परिवार स्रोतले जनाएको छ ।

विष्टका दुई छोरा र एक छोरी रहेका छन ।

 

कमेन्ट गर्नुहोस्