चितवन ३ मा मेरो प्रतिस्पर्धी नै छैन : प्रचण्ड

चितवन, कात्तिक २५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् चितवन क्षेत्र नं.३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’  ले चुनावी मैदानमा आफ्नो प्रतिस्पर्धी नै नभएको बताएका छन ।

पेसागत महासंघ नेपाल चितवन शाखाले शनिबार आयोजना गरेको बनभोज कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिदैं प्रचण्डले भने, ‘चितवन क्षेत्र नम्बर ३ मा मैले मेरो चुनावी प्रतिस्पर्धी नै देखेको छैन । मेरो प्रतिस्पर्धी नै छैन भन्दा हुन्छ ।’

चितवनबाटै नेतृत्व लिइ विकसित र सम्बृद्ध चितवन बनाउदै नेपाललाई सम्बृद्ध बनाउन चाहेकाले चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएको प्रचणडले बताए । प्रचण्डले भने, ‘चुनावी मैदानमा कोही प्रतिस्पर्धी नै छैनन् । जित पूर्णरुपमा सुरक्षित छ ।’

याे पनि पढ्नुस  प्रधानमन्त्री हुन चलखेल गरेको कुरा बेकारको हल्ला, संयन्त्र गठन गर्ने कुरा प्रधानमन्त्रीको अधिकारक्षेत्र– प्रचण्ड

वाम गठबन्धनका साझा उम्मेदवार अध्यक्ष प्रचण्डले कांग्रेसको समर्थन रहेका विक्रम पाण्डे आफ्नो प्रतिस्पर्धी नभएको बताए । उम्मेदवारी दर्तादेखि आजसम्म आइपुग्दा विभिन्न पार्टीका हजारै नेता एवम् कार्यकर्ता माओवादीमा प्रवेश गरिसकेकाले वातावरण थप सहज भएको उनले बताए ।

कांग्रेसको समर्थनमा उम्मेदवार बनेका राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डेका प्रमुख सहयोगी बद्री तिमिल्सिनासहित सयौं कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेपछि चितवन प्रचण्डमय भएको छ ।

याे पनि पढ्नुस  एमाले र माओवादी पार्टी एकता घोषणा सभा शुरु, प्रचण्डकोे सम्बोधन लाइभ भिडियोसहित

यति बेला राष्ट्रिय राजनीतिको मिहो बनेका प्रचण्ड गृृहजिल्ला चितवनबाट फेरि एक पटक मुलुकको नेतृत्व गर्ने सोचमा छन ।

वाम गठबन्धन हुँदै पार्टी एकता गरी एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्ने र वामपन्थीहरुको स्थिर सरकार बनाएर देशमा आर्थिक विकास गरी सम्बृद्ध नेपाल बनाउने अभियानमा छन प्रचण्ड यति बेला ।

याे पनि पढ्नुस  प्रचण्डको ४० वर्षको सक्रिय जीवन, अबको बाटो के ?

प्रचण्डले राष्ट्रिय राजनीतिमा खेलेको सकारात्मक भूमिका, नेतृत्वदायी पहल र इमानदारीलाई लिएर अहिले सर्वत्र प्रशंसा हुने गरेको छ । बृद्धादेखि युवासम्म, हिमालदेखि तराईसम्म, पूर्वदेखि पश्चिमसम्म जतातत्तै प्रचण्डको चर्चा हुने गरेको छ ।

प्रचण्ड यति बेला आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम व्यस्त छन । शनिबार भरतपुर महानगरका २२ नम्बर लगायतका वडामा घरदैलो कार्यक्रम जारी छ ।

कमेन्ट गर्नुहोस्