Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गोकर्ण विष्टलाई ९९ वर्षीय बृद्धको अग्रीम बधाई

गुल्मी, कात्तिक २५ । गुल्मी क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि वाम गठबन्धनका साझा उम्मेदवार एमाले सचिव गोकर्ण विष्टलाई ९१ वर्षीय एक बृद्धले विजयको अग्रीम शुभकामना दिएका छन ।

आकर्षक व्यक्तित्व, स्पष्ट बक्ता र सरल स्वभावका विष्टको चुनावी सभामा महिला र बृद्धबृद्धाहरुको ठूलो उपस्थिति हुने गरेको पाइन्छ । विष्ट धेरै महिलाका फ्यान हुन ।

केही दिन अघि अर्खलेको एक विद्यालय नजिक सडकमा हिड्दै गरेका विष्ट आए जानकारी पाएपछि कक्षा कोठाबाट अधिकत्तर विद्यार्थी वाहिर निस्केर चर्को हुटिङसहित ताली बजाएर स्वागत गरेका थिए । कक्षामा पढाई रहेका शिक्षकलाई विद्यार्थी रोक्न हम्मेहम्मे परेको थियो ।

शनिबार पनि हाडहाडेमा त्यस्तै भयो । त्यहाँका युवाहरुले हुटिङ्ग गरेर उनको स्वागत गरे । चुनावी सभामा फुलमाला भिराई दिने महिलाहरुलाई लाईनबद्ध गराउन हम्मेहम्मे प¥यो । मालाले टाउँको नै छोपिने भएपछि सहयोगीमार्फत ग्रहण मात्रै गरे विष्टले । उता बृद्ध बृद्धाहरुको भिड पनि त्यति कै थियो ।

त्यो भिड मध्ये हाडहाडेका ९९ वर्षीय बृद्ध खिमबहादुर बिकले मान्दै मानेन् । उनि गोकर्ण विष्टलाई नजिक आएर स्पर्श गर्न र आशीर्वाद दिन चाहेको सहयोगी मार्फत खबर पठाए । विष्टले जानकारी पाउनसात उनलाई बोलाउन लगाए । बिकले नेता विष्टलाई भने, ‘ गरिव दलित र बृद्धहरुका देउता हुनुहुन्छ तपाई भनेरर गालामा स्पर्श गरे । कानमा पुष्पागुच्छा पहिराउँदै जित तपाईको भई सक्यो मेरो आशिर्वाद छ यसरी नै हाम्रो मन जित्न सफल रहुनु होला।’

महिला र युवाहरु पछि गोकर्ण विष्ट बृद्ध बृद्धाहरुको बीचमा पनि लोककप्रिय छन भन्ने कुरा स्पष्ट भएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: