Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कैलालीको धपेनीमा बस दुर्घटनामा, २७ जना घाइते

भीमदत्तनगर, कात्तिक २६ । बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने ठाउँमा आज बिहान दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।

अत्तरिया–डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर नजिकै पवनदूत यातायातको ना७ख २७२३ नंको बस सडकबाट करिब ६० मिटर तल खसेको अस्थायी ट्राफिक प्रहरी पोष्ट फल्टुडेका ट्राफिक प्रहरी हवलदार वीरसिंह धामीलेलाई जानकारी दिए ।

उनले घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको बताए । “पाँचजनालाई उपचारका लागि एउटा बसमा अत्तरियास्थित पद्मा अस्पतालतर्फ पठाएका छौँ ।”

उनले भने “गम्भीर घाइतेलाई अस्पतालसम्म लैजान एम्बुलेन्स घटनास्थल आइपुग्दैछन् ।”

दुर्घटनापछि सशस्त्र र प्रहरीको टोली घटनास्थल पुगेर घाइतेको उद्दारमा खटिएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: