अाेलीले भने- मैले प्रचण्डजीलाई फोन गरेर सोधें, उहाँलाई पनि थाहा छैन

झापा, कात्तिक २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर चनाव अघि पार्टी एकताको कार्यक्रम नरहेको बताएका छन ।

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा एमाले र माओवादी केन्द्रबीच आगामी मंसिर ९ गते पार्टी एकीकरण हुने भन्ने खबर आएपछि अध्यक्ष ओलीले त्यस्तो कुनै कार्यक्रम नरहेको स्पष्ट पारेका हुन ।

आइतबार विहान झापाको गौरादहमा भएको चुनावी कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने, ‘बिहानै साथीहरुले एकीकरणको कुरा सुनाउनुभयो, मैले प्रचण्डजीलाई फोन गरेर सोधें, उहाँलाई पनि थाहा छैन ।’

केही आलोचकहरुले एमाले र माओवादीबीच पार्टी एकता हुन नसक्ने बताउँदै चुनाबी तालमेल मात्रै भएको दावी गरेका छन । उनीहरुप्रति लक्षित गर्दै ओलीले भने, ‘१० गतेदेखि पार्टी एकता हुँदैन भनेर हल्ला चलाउनेहरुले कथा बुनेका हुन्, उनीहरुले नै कथा वाचन गरिरहेका छन् ।’ उनले दुई वामपन्थी दल एमाले र माओवादी केन्द्रबीच एकीकरण हुने दाबी गरे ।

आलोचकहरुले चुनाबपछि एमाले र माओवादीबीच पार्टी नभएर आ–आफ्नो बाटो लाग्ने बताएदै आएका छन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: