Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रचण्डले भने-चुनाव जितेर समाजवादमा जान्छौं भन्न पनि नपाउनु

भरतपुर, कात्तिक २६। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् चितवन ३ का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम गठबन्धन लोकतान्त्रिक प्रणाली मै रहेको बताउदै आफूहरु लोकतान्त्रिक प्रतिस्पर्धामा रहेको स्पष्ट पारेका छन ।

आइतबार भरतपुरको मंगलपुरमा आयोजित कोण सभामा अध्यक्ष प्रचण्डले भने, ‘प्रतिस्पर्धाकै आधारमा समाजवादको स्थापना गर्ने हाम्रो लक्ष्य छ । हामी कम्युनिष्ट मिल्दा कांग्रेसका केही साथीहरुले गाली गर्न थाल्नुभएको छ। नेपालमा अधिनायकवाद आई नै हाल्यो भन्न थाल्नुभएको छ। हाम्रो संकल्प समाजवाद हो। हामी कम्युनिष्टले चुनाव जितेर समाजवादमा जान्छौं भन्न पनि नपाउनु ?’

अहिले राजनीतिक बृत्तमा हुने गरेका भद्दा टीप्पणी प्रति संकेत गर्दै प्रचण्ड वाम गठबन्धन मिले ‘प्रजातन्त्र र लोकतन्त्र’ लामो समय लडाई लडेको दावी गर्ने कांग्रेसलाई वाइकट गर्दैनौ । राष्ट्रिय हित र स्वाविमानका लागि कांग्रेससँगको सहकायृ जारी रहन्छ ।

‘एमाले माओवादी बीचको एकताले कांग्रेससँगको सहकार्य टुट्दैन् ।’ प्रचण्डले भने, ‘देशका साझा सवालमा हामी एक हुन्छौं। कोही पनि आत्तिन जरुरी छैन।

कोणसभालाई सम्बोधन गर्दै हरिप्रसाद दाहालले चितवन क्षेत्र नं. ३ बाट आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको घोषणा गरे । साथै उनले अव चितवन क्षेत्र नं. ३ का वाम गठबन्धनका साझा उम्मेदवार प्रचण्डलाई समर्थन र सहयोग गर्ने घोषणा गरे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: