Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

संविधानले महिलालाई अंश र वंशको अधिकार सुनिश्चित गरेको छ : घर्ती

बागलुङ, कात्तिक २६ । पूर्वसभामुख ओनसरी घर्तीले निर्वाचनसँगै संविधान व्यावहारिक कार्यान्वनतिर गएको बताएकी छन ।

प्रेस सेन्टर नेपाल बागलुङले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले स्थानीय तह निर्वाचनको सफलता संविधान कार्यान्वयनको आधारशीला भएको बताउँदै आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि संविधानको व्यावहारिक कार्यान्वयनले गति लिने बताउनुभयो ।

“ठूलो राजनीतिक उपलब्धिपछि मुलुक नयाँ संविधान हुँदै अघि बढेको छ”, घर्तीले भनिन् ।, “जनताको ठूलो उत्साह छ, अब देश आर्थिक समृद्धिको युगमा प्रवेश गर्छ ।” अहिलेका राजनीतिक दलसँग देशको समृद्धि र जनताको सुखबाहेक अर्को कुनै लक्ष्य नरहेको उनको भनाइ छ ।

विभिन्न कालखण्डमा भएका राजनीतिक संघर्षको जगमा प्राप्त उपलब्धिको रक्षा गर्दै देशको मुहार फेर्नतर्फ सबै लाग्नुपर्नेमा घर्तीले जोड दिइन। नेकपा माओवादी केन्द्रकी नेत्री घर्तीले दलबीच भइरहेको धुव्रीकरण स्वाभाविक भएको बताउँदै विचार मिल्ने दलबीचको एकता प्रक्रिया मुलुककै हितमा हुने र धेरै दल हुँदा राजनीतिक अस्थिरता निम्तिने बताइन ।

“वाम एकता र प्रजातान्त्रिक शक्तिबीचको एकता जनताको आकंक्षाअनुसार नै भएको हो”, उनले भनिने, “यो मुलुकको वस्तुगत अवस्थाको माग पनि हो, यसलाई सबैले स्वाभाविक रुपमा लिनुपर्छ ।”
संविधानले महिलाको अधिकारलाई पनि सुनिश्चित गरेको छ भन्दै थप अधिकारका लागि आफूले सधैं पैरवी गर्ने घर्तीले बताइन ।

“संविधानले महिलालाई पहिलो पटक अंश र वंशको अधिकार सुनिश्चित गरेको छ” घर्तीले भनिन, “यसले समानतामूलक समाज निर्माणमा ठूलो टेवा पु¥याउँछ ।” महिलालाई आर्थिक, सामाजिक र राजनीतिक रुपमा स्वावलम्बी बनाउनुपर्ने उनको भनाइ छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: