जनयुद्धका पहिलो घाइते ‘अपार’ को समृद्ध दाङ बनाउने यस्तो छ योजना

दिपक बोहरा

तुलसीपुर, कार्तिक २६ । बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नं.३ को ‘१’ का प्रदेशसभा सदस्यका उम्मेदवार माओवादी केन्द्रका नेता जगप्रसाद शर्मा ‘अपार’ जनयुद्धका पहिलो घाइते हुन् । तत्कालीन नेकपा माओवादीले २०५२ सालदेखि शुरु गरेको जनयुद्ध जारी थियो । उनी नियमित युद्धमा सक्रिय भएर लागिरहेका थिए ।

उनी एम्बुसको नेतृत्व गरेर २०५५ सालमा सल्यानको मुलपानी आए । त्यही क्रममा मुलपानीमै उनलाई गोलीको छर्राले दुवै आँखामा लाग्यो र उनी घाइते भए । आँखामा गोलीका छर्रा लागेर घाईते भएका उनलाई उपचारका लागि काठमाडौ लगियो, तर काठमाडौंमा उपचार सम्भव भएन् । काठमाडौं उपचार सम्भव नभएपछि उपचारकै लागि उनलाई भारतको चेन्नईमा लगियो ।

त्यतिबेलासम्म पनि उनका आँखा खुलेका थिएनन् । उनको उपचार गर्दै जाँदा उनका दुवै आँखामा समस्या देखियो । एउटा आँखा कामै नगर्ने र अर्को आँखा नानी फेरेपछि काम गर्ने भयो । अहिले उनको दायाँ आँखाले काम गर्दैन भने बायाँ आँखाले पनि स्पष्टसंग देख्न नसकिने उनले बताए ।

६ महिनाको उपचारपछि उनी पुनः देशको आमुल परिवर्तनका लागि नियमित लडाईलाई नै निरन्तरता दिए । एकातिर आँखाको समस्या छ, अर्कोतिर देशका मुख्य दुश्मनको रुपमा रहेको राजतन्त्रलाई अन्त्य गर्न तथा मुलुकमा संघीय गणतन्त्र स्थापना गर्न पार्टीले थालेको युद्ध चलिरहेको छ ।

त्यसपछि उनले आफ्नो स्वास्थ्यको कुनै प्रबाह नगरी देशको सम्वृद्धिका लागि युद्धमै होमिए । कुशल नेतृत्वकर्ता भएकै कारण अस्वस्थ हँँुदाहुँदै पनि उनलाई कहिले पश्चिम नेपाल, कहिले पुर्वी नेपाल खटाईयो भने कहिले उत्तर, कहिले दक्षिण खटाईयो । पार्टीले उनलाई २०६७ सालदेखि दाङसहित पश्चिम नेपालका बिभिन्न जिल्लाको नेतृत्व गर्दै आएका छन् । उनले मुलुकलाई सम्वृद्धि बनाउने मुद्दालाई अझै पनि साथमै राखेर अघि बढिरहेका छन् ।

पार्टीभित्र सरल व्यक्तित्व, स्वच्छ छवि अजि प्रभावकारी भिजन भएका नेताको रुपमा चिनिएका उनले आफू जीवित रहँदासम्म देशलाई विकसित र सम्वृद्धि भएको देख्ने सपना बोकेका छन् । आफू नेतृत्व तहमा पुगेर आफ्नै हातले मुलुक सम्बृद्ध बनाउने उनको उद्देश्य छ । त्यही दृढ ईच्छा र पार्टीको आवश्यकताअनुसार नै अहिले बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नं.३‘१’ का प्रदेशसभा सदस्यको उम्मेदवार बनेको उनले बताए ।

कमेन्ट गर्नुहोस्