Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

उत्कृष्ट विद्यालय अवार्डबाट तिलिङटार मावि पुरस्कृत

काठमाडौं,कात्तिक २६ । नेशनल पावर न्युजले आयोजना गरेको एजुकेशनल अवार्डबाट विभिन्न स्कूल र कलेजहरु पुरस्कृत भएका छन् ।

शिक्षा क्षेत्रमा योगदान पुर्याउनेलाई प्रोत्साहन गर्न पहिलोपटक आयोजना गरिएको एजुकेशनल अवार्डबाट विभिन्न स्कुल, कलेज र विद्यार्थीहरु पुरस्कृत भएका छन् ।

राजधानीमा शनिबार विशेष कार्यक्रमको आयोजना गरी अवार्ड प्रदान गरिएको हो ।

राजधानीको धापासीमा रहेको तिलिङटार माध्यमिक विद्यालयलाई उत्कृष्ट विद्यालय अवार्ड प्रधान गरियो । सामुदायिक विद्यालय अन्तर्गत तिलिङटार उत्कृष्ठ विद्यालय अवार्ड प्राप्त गर्न सफल भएको हो ।

सम्मान ग्रहण गरेपछि विद्यालयका प्रधानाध्यापक सरोजकुमार पाण्डेले यो सफलता विद्यालय, शिक्षक, विद्यार्थी अभिभावकलगायत सबैको मिहिनेतबाट प्राप्त भएको बताए ।

कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पु¥याएका विभिन्न व्यक्ति एवम् संस्थालाई सम्मान प्रधान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: