नेकपाका सेक्रेटरीसहित चार पक्राउ

झापा, कात्तिक २६ । झापा प्रहरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरीसहित चार जनालाई पक्राउ गरेको छ।

पछिल्लो समय नेकपाका कार्यकर्ताले चुनाव विरोधी गतिविधि बढाएसँग प्रहरीले पनि उनीहरुमाथिको निगरानीलार्य तीब्रता दिएको छ । यसै क्रममा झापामा प्रहरीले जिल्ला सेक्रेटरीसहित चार जनालाई पक्राउ गरेको छ।

याे पनि पढ्नुस  मोहनमाया विशेष कक्षा पनि अब्बल

पक्राउ पर्ने नेकपाका झापा जिल्ला सेक्रेटरी दीपक गुरुङ, मेची अञ्चल व्यूरो सदस्य दर्शन भन्ने दीपक लताङ्ग्री, सांस्कृतिक मेची व्युरो संयोजक इसलाम भन्ने नवल गजमेर र किसान भातृ संगठनका झापा क्षेत्र नम्बर १ का क्षेत्रीय संयोजक खोम मिश्र रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।

याे पनि पढ्नुस  पाँच दिन विद्यालय बन्द

क्षेत्रीय संयोजक मिश्रलाई इलाका प्रहरी कार्यालय काकडभिट्टाले आइतबार विहान मेचीनगरबाट पक्राउ गरेको छ भने, जिल्ला सेक्रेटरी गुरुङसहित तीन जनालाई बिर्तामोडबाट शुक्रवार पक्राउ गरिएको झापाले जनाएको छ ।

उनीहरुलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  टिपरको ठक्करबाट दुईको मृत्यु

देशभर नेकपामा नेता एवम् कार्यकर्तामाथि प्रहरी निगरानी बढाएको छ । तर वितेका तीन दिनमा वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नेता जनार्दन शर्मा र वर्षमान पुनलाई लक्षित गरी २४,२५ र २६ गते आक्रमण भएको छ ।

कमेन्ट गर्नुहोस्