काठमाडौं, कात्तिक २६ । मकवानपुरको कैलाश गाउँपालिका–२ की २६ वर्षीय लक्ष्मी वलको इराकमा मृत्यु भएको छ ।
वैदेशिक रोजगारीका लागि घरेलु कामदार को रुपमा इराक पुगेकी वलको मृत्यु भएको छ । उनको मृत्युको कारण थाहा नभएको बताइएको छ ।
गएको सात महिनादेखि सम्पर्कविहिन रहेकी वलको मृत्युको बारेमा मात्रै जानकारी पाएको उनका श्रीमान अशोक वलले बताए ।
उनले भने, ‘के कसरी भयो । हामीलाई जानकारी छैन ।श्रीमतिको मृत्युको खवर मात्रै पाएको वताए ।’
इराकको बासरामा दुई बर्षदेखि काम गर्दै आएकी वल गत बैशाखदेखि सम्र्पकविहिन भएकी थिइन् । अशोकले शब ल्याइदिन अपिल गरेका छन ।