वर्तमान शिक्षा प्रणालीप्रति उपराष्ट्रपति पुनको गम्भीर असन्तुष्टी

काठमाडौं, कात्तिक २६ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा सामुदायिक विद्यालयको पठनपाठन खस्किएको तथा निजी विद्यालय हुँदाखाँदा वर्गका लागि भएकाले वर्तमान शिक्षा प्रणालीबाट वर्ग विभाजन उत्पन्न भएको देखिएको बताएका छन ।

भीमसेनगोला माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको आइतबारउद्घाटन गर्दै उपराष्ट्रपति पुनले सरकारी तहबाट शिक्षाको जागरण आउनुअघि नै समुदायको स्तरबाट शैक्षिक जागरण फैलाएको उल्लेख गर्दै देशमा निजी विद्यालय खुल्दै गएपनि अधिकांश बालबालिकाको शिक्षाको मन्दिर सामुदायिक विद्यालय नै हो भन्नेमा दुईमत नभएको बताए ।

याे पनि पढ्नुस  उपराष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता, के भयो कुराकानी ?

अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धामा आउन सक्ने बनाउने खालको शिक्षाको खाँचो औँल्याउँदै खस्किदो शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न सामुदायिक विद्यालयले गम्भीररुपमा ध्यान दिनुपर्ने चर्चा उपराष्ट्रपति पुनले गरे ।

नयाँ संविधानले विद्यार्थीलाई माध्यमिक तहसम्म निःशुल्क शिक्षा पाउने हक प्रदान गरेको स्मरण गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन विद्यालय व्यवस्थापन, शिक्षक तथा अभिभावकको उनले ध्यानाकर्षण गराए ।

याे पनि पढ्नुस  उपराष्ट्रपति पुनलाई पाकिस्तान र बंगलादेशको बधाई र शुभकामना

राष्ट्रहितप्रति समर्पित शिक्षा प्रणालीमार्फत निजी क्षेत्रको शिक्षालाई नियन्त्रण गर्दै लानुपर्नेमा उपराष्ट्रपतिले जोड दिए ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा विद्यार्थीको ज्योति भएकाले स्तरीय शिक्षा आवश्यक भएको बताए । उनले भीमसेनगोला माध्यमिक विद्यालयको विकासका लागि आफूले आर्थिक तथा भौतिकरुपमा सहयोग गर्दै आएको पनि बताए ।

याे पनि पढ्नुस  विविधताबीचको एकता नै हामी नेपालीको साझा पहिचान : उपराष्ट्रपति पुन

विद्यालयका प्रधानाध्यापक गणेशकुमार राईले विसं २०२२ मा एउटा निजी घरमा सञ्चालन शुरु गरिएको भीमसेनगोला माध्यमिक विद्यालयले आगामी दिनमा प्राविधिक शिक्षालाई जोड दिने बताए ।

कमेन्ट गर्नुहोस्