वामपन्थी सरकारको पहिलो निर्णय सुकुम्वासीलाई जग्गा, वास र रोजगार

पार्वतीपुर, चितवन, कात्तिक २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब बन्ने वामपन्थी सरकारको पहिलो निर्णय सुकुम्वासी समस्याको स्थायी समाधान हुने बताएका छन ।

चितवनको पार्वतीपुरमा सुकुम्वासी जनतासँग भेटघाटका क्रममा अध्यक्ष प्रचण्डले सुकुम्वासी समस्याको स्थायी समाधान खोजिने बताएका हुन “अब लालपुर्जाले मात्र पुग्दैन” प्रचण्डले भने, “एकीकृत वस्तीको विकासमार्फ़त सबै सकुंबासीलाई राज्यले दिने शिक्षा, स्वास्थलगायतका सबै सुबिधा उपलब्ध गर्नुपर्छ ।

याे पनि पढ्नुस  ‘वामगठबन्धनको दुई तिहाइ सपना मात्र’

अब बन्ने बाम सरकारको मंत्रिपरिषदको पहिलो निर्णय यो समस्याको समाधानका लागी हुनेछ ।” भूमीहिन गरीव किसानलाई शिबनगर, पार्वतिपूर, मंगलपुर लगायतका गौचरनमा बस्न पाउनुपर्छ भनेर २०३६ सालमा राती राती लुक़ेर खम्बा गाडेको प्रचण्डले बताए ।

“त्यसरी आन्दोलनमा लागेको कारण पुलिस प्रशासनले खेदयो, भूमिगत हुनुपर्यो ।” प्रचण्डले भने, “आज संयोग भनौ, त्यसरी बसेका सुकुम्वासीलाई लालपूर्जा दिने ज़िम्मेवारी मेरो कांधमा आएको छ ।” सकुंबासीहरुलाई ज़मींदार र पूँजीपतिले न्याय दिन नसकेको उनले बताए ।

याे पनि पढ्नुस  माअाेवादीसंग पार्टी एकता भन्दा पहिले सरकार गठन हुन्छ : केपी अाेली

“म सरकारमा छंदा सकुंबासीलाई लालपूर्जा दिन शुरू पनि गरेको हो ।” उनले भने, “तर १० महिनामा नै सरकार छोड़नु पर्यो । अब पहिलो निर्णयबाट यो समस्याको समाधान गरिनेछ ।”

कमेन्ट गर्नुहोस्