Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एमाले माअाेवादी पार्टी एकता चुनाव लगत्तै सुरु हुने

९ गते एकीकरण हुने हल्ला निराधार : प्रचण्ड

काठमाडौं, कात्तिक २७ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले कात्तिक ९ गते पार्टी एकता हुन्छ भन्ने भनाइ निराधार भएको प्रतिक्रिया दिएका छन्।

पाँच दिनदेखि क्षेत्र नम्बर ३ अन्तर्गत पश्चिम चितवनको चुनावी प्रचार अभियानमा रहेका अध्यक्ष प्रचण्डले सोमबार बिहान पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै चुनावपछि मात्रै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने जानकारी दिए।

‘विचार मिल्ने पार्टीहरूबीच एकता आवश्यक छ’, उनले भने, कांग्रेसले पनि विचार मिल्नेहरूसँग एकता गरे हुन्छ।’  चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका प्रचण्डले आफ्नो प्रतिस्पर्धी कोही नरहेको दाबी गरे।

‘यहाँको विकासका लागि चितवनवासीले मलाई चाहेका छन्’, उनले भने, ‘वामगठबन्धनका मात्र होइन अन्य पार्टीहरुका कार्यकर्ता समेत मेरो उम्मेदवारीले खुशी छन्।’

चितवनको विकासका लागि छिट्टै नै विशेष योजना सार्वजनिक गर्ने उनले बताए। चुनावी अभियानका क्रममा रहेका अध्यक्ष दाहालसँग स्थानीय समुदायले विकासका लागि ध्यान दिन सुझाव दिएका छन्।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: