दोहामा अक्टुवर क्रान्तिको शतवार्षिकी कार्यक्रम समापन

उद्धव मगर

दोहा कतार कार्तिक २४ गते शुक्रबारको दिन कतार नेपाली एकता समाजद्वारा आयोजित शतवार्षिकी कार्यक्रम अक्टुवर क्रान्तिको झण्डालाई उच्च राखौं नयाँ पिँढीबाट हजारौं क्रान्तिकारीहरु भर्ना गरौं भन्ने मूलनाराका साथ समापन भएको छ ।

यस कार्यक्रमका सञ्चालक समाजका महासचिव खिम बूढामगरको सञ्चालनमा रहेको उक्त कार्यक्रममा देशमा भएका ठूला–साना संर्घमा आहुती दिने ज्ञात–अज्ञात योद्धाहरुप्रति एक मिनेट र्मौन धारण गरिएको थियो । मौन धारणपश्चात यस कार्यक्रमलाई सफल पार्न आएका सम्पूर्ण अतिथीहरुलाई संस्थाका सचिव विष्णु थापाले स्वागत गरेको थियो भने यस कार्यक्रममा प्रमुख अतिथी अन्तर्राष्ट्रिय नेपाली समाजका सल्लाहकार अर्जुन थापा, अध्यक्षता समाजका अध्यक्ष लुमाकान्त पुन मगर र पूर्व अध्यक्ष दावालामा, द्वितीय उपाध्यक्ष रामइन्द लथिङ, सचिवालय सदस्य हेमन्त वाईवा, के.स कोषाध्यक्ष धनबहादुर परियार, महिला विभागका अध्यक्ष अमिना खान, अब हुन गइरहेको प्रदेश सभाका समानुपातिक उम्मेदवार जानुका बस्नेत (खडका) बुद्धिजीवी विभागका अध्यक्ष हरिप्रसाद शर्मा, रक्तिम विभागका सल्लाहाकार खगेश्वर भूषाल तथा क्षेत्रबाट उपस्थित रहेका सनैया लेवर सिटीका अध्यक्ष रेशम रोका, सलता एरिया, शालिक रामपुन, सहलिया एरियाका अध्यक्ष लक्ष्मण कोइराला, दोहा एरिया समितिका गिरी काउछा मगर, मन्सुरा एरिया अध्यक्ष जे.वि राउत सनैया एरिया अध्यक्ष थमन थापा उपस्थित रहेको थियो ।

याे पनि पढ्नुस  हामी लगानी गर्छौं सुरक्षाको ग्यारेन्टी सरकारले लिनुपर्छः गण्डकी प्रदेश समन्वय परिषद कतार

अक्टुवर क्रान्तिको शतवार्षिकी कार्यक्रमको उद्देश्य र औचित्यको विषयमा प्रष्ट पारेको थियो । थप भने– अक्टुवर क्रान्तिको शतवार्षिकी कार्यक्रम एउटा विश्वव्यापी कार्यक्रम हो त्यसको लागि हामीले एक वर्षको समय निर्धारित गरेको वताउँदै यहीबीचमा विभिन्न कारणवस पनि शतवार्षिकी कार्यक्रमतीब्ररुपमा अगाडी बढी रहेको अवस्थामा आगामी दिनहरुमा जोडदार रुपमा निरन्तरता दिने उनले वताएको छ ।

याे पनि पढ्नुस  कतार नेता नेपालले भने - मेरा बारेमा आएका सबै कुरा भ्रामक हुन्

यस्तैगरी महिला विभागका अध्यक्ष अमिना खानले आफ्ना भनाई राख्दै भने– यो शतवार्षिकी कार्यक्रम यहाँमात्रै सीमित नभई संसारभर आयोजना भइरहेको जानकारी गर्दै अब आउने दिनहरुमा आममहिला दिदीबहीनीले समान हकअधिकारका लागि लडिरहेको अवस्थामा महिला दिदीबहिनीहरु एक भएर अगाडी बढ्नुपर्ने बताएको छ । अन्तमा यस कार्यक्रमका अध्यक्ष लुमाकान्त पुनमगरले कार्यक्रम विधिवत रुपमा कार्यक्रम समापन भएको घोषणा गरेको थियो ।

कमेन्ट गर्नुहोस्