विकासका निम्ति फरक पार्टीसँग सहकार्यः देवेन्द्र पौडेल

विमल खड्का

खर्वाङ, कार्तिक २७ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा क्षेत्र नं २ का प्रतिनिधि सभाका साझा वामपन्थी उम्मेदवार देवेन्द्र पौडेल सुनिलले समग्र बागलुङको विकासका लागी विपक्षी दलसँग पनि सहकार्य गरेर काम गर्ने बताएका छन ।

खर्वाङको दनियामा चुनावी भेटघाट कार्यक्रममा पौडले भने– ‘नेपालमा ६५ प्रतिशत वामपथीको जनमत भएकाले राज्यको बिकाश ,सरकारले बनाउने योजना, नेपालको राष्ट्रिय स्वाधीनता, स्थानीय तहको विकासका गरी नेपालमा पुँजी लगानी गरी देशलाई अर्थतन्त्रमा रुपान्तरण बनाउँदै देशलाई कायापलट गरी जनतालाई आत्मनिर्भर बनाउन वाम एकता भएको बताएका छन ।

खर्वाङलाई व्यापारी केन्द्र बनाई यस ठाउँलाई आधुनिक सिटि बनाउन पौडेल समक्ष ७ बुँदे ज्ञापनपत्र बुझाएका छन ।

ज्ञापन पत्र

कार्यक्रम बागलुङ जिल्ला समन्वय समितका उपप्रमुख विष्णु भुषाल बडिगाड गाउँपालिका अध्यक्ष मेयरसिह पाईजा राजमोका युवा नेता भिमसेन वन नेकपा एमाले प्रदेश सदस्य प्रदिप खरेल लगाएले आफ्नो मन्तव्य ब्यक्त गरेका थिए ।

सोही अवसरमा रामबहादुर । रानाको संयोजकत्वमा २१ सदस्यीय टोल निर्वाचन परिचालन समिति गठन गरिएको छ । कार्यक्रममा ढालेन्द्र शेरचनको अध्यक्षतामा वडा सदस्य गोम बहादुर । रानाको स्वागत निर्वाचन परिचालन समितिका सदस्यीय आकाश शर्माको संचालनमा सम्पन्न भएको छ।

कमेन्ट गर्नुहोस्