काठमाडौं, कात्तिक २७ । सरकारले चिनियाँ कम्पनीसँग भएको बुढीगण्डकी जलविद्युत आयोजनामा सम्झौता रद्द गर्ने निर्णय गरेको छ । सोमबार बसेका मन्त्रिपरिषदको बैठकले सो निणर्य गरेको हो ।
माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले गत जेठ ९ गते १२ सय मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम चाइना गेजुवा ग्रुप कम्पनीलाई दिने निर्णय गरेको थियो।
मन्त्रिपरिषद्ले आयोजनाको इन्जिनियरिङ प्रोक्युपमेन्ट कन्सट्रक्सन एन्ड फाइनान्सिङ अर्थात इपीसीएफ मोडलबाट उक्त आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको थियो। तर सोमबार मन्त्रिपरिषद्को बैठकले त्यो निर्णय रद्द गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका वामपन्थीहरुको गठबन्धन निमार्णमा चिनियाँ पक्षको संलग्नता भएको आरोप लगाउदैं आएका छन । त्यसैको प्रतिक्रियाका रुपमा बुढीगण्डकी सम्झौता खारेज गरिएको विश्लेषकहरुले बताएका छन ।
प्रधानमन्त्री देउवा सत्तारुढ दल माओवादी केन्द्रले विपक्ष दल एमालेसँग चुनाबी तालमेल हुँदैं पार्टी एकता प्रक्रिया अगाडि बढाएपछि रुष्ट बनेको छ । विभिन्न किसिमका आरोप लगाउने गरेका छन ।