नेकपा जाजरकोटका सेक्रेटरी वामगठबन्धनमा प्रवेश

जाजरकोट, कात्तिक २७ । नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जाजरकोटका जिल्ला सेक्रेटरी अमृत ओलीले आगामी चुनाबमा वाम गठबन्धनलाई सघाउने घोषणा गरेका छन ।

ओलीले लामो संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्नका लागि संघीय संरचनामा हुन लागेको संघ र प्रदेश निर्वाचनमा वामगठवन्धनलाई सहयोग गर्ने भन्दै चुनाव प्रचार अभियानमा जुटेका छन ।

प्राप्त परिबर्तनलाई संस्थागत गर्न हुन लागेको चुनाबलाई बिथोल्ने नेकपाको नीति गलत भएको भन्दै आफूले वाम गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको बताए ।

कमेन्ट गर्नुहोस्