सबै कुरा टुंगिएको छ चुनाबपछि पार्टी एकता हुन्छ : श्रेष्ठ

कांग्रेसका दुई प्रभावशाली नेता माओवादीमा प्रवेश

पालुङटार, कात्तिक २७ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर २ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सबै कुरा मिलिसकेकाले चुनाव लगत्तै एमालेसँग पार्टी एकता हुने बताएका छन ।

गोरखा जिल्ला क्षेत्र नम्बर २ अन्तर्गतको पालुङटार १० मिर्कोट बाघडाडाको चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले चुनाव नजिक आएको कारण तत्काल पार्टी एकता हुन नसकेको प्रष्ट पारे ।
पार्टी एकताको लागि सबै तयारी पूरा भइसकेको छ श्रेष्ठले भने, ‘ एमाले र माओवादी मात्रै होइन अब सबै कम्युनिष्टहरु पार्टी एक हुनेछन ।’

सञ्चारमाध्यममा आए जस्तो मंसिर ९ गते पार्टी एकता हुने कुनै कार्यक्रम नरहेको तर चुनाव लगत्तै पार्टी एकता हुने जानकारी दिए । पार्टी एकताको लागि केही प्राविधिक कुरा बाहेक सबै कुरा मिलिसकेको श्रेष्ठले बताए ।

बाम गठबन्धनको साझा उम्मेदवार श्रेष्ठले देशमा स्थायी सरकार, विकास र समृद्धिका लागि सम्पूर्ण कम्युनिष्टहरु एक भएको बताए ।
कम्युनिष्टहरुको नेतृत्वमा हुने विकास नयाँ खालको विकास हुने श्रेष्ठको भनाइ थियोे । संविधानलाई कार्यान्वयन गर्दै विकसित र सम्बृद्द नेपाल बनाउने अभियानमा जुट्ने श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे ।

चुनावी सभामा गोरखा जिल्ला क्षेत्र नम्बर २ को १ का प्रदेश सभाका उम्मेदवार कमला नहर्कीले गोरखा जिल्लाको इतिहास कायम राख्न बाम गठबन्धनलाई बिजयी गराउन अपिल गरिन।

सभामा नेकपा माओवादी केन्द्रका नेता मैदबहादुर वाइबा, गोरखा जिल्ला इन्चार्ज चुडामणि खड्का, पूर्व स्थानीय बिकास मन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता हितराज पाण्डे लगायतले सम्बोधन गरेका थिए ।

चुनावी सभा अघि प्रतिनिधि सभाका उम्मेदवार श्रेष्ठ र प्रदेश सभा उम्मेदवार नहर्कीले जोगिडिही, कटेरी र मिर्कोटमा घरदैलो तथा भेटघाट गरे । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरु रन्जित परियार र बेलिमाया गोर्खालीले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

काग्रेस परित्याग गरि दुई जना माओवादी केन्द्र प्रवेश
पालुङटार १० मिर्कोट बाघडाडाका दुई जना काग्रेस स्थानीय नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन ।बाघडाडाका काग्रेस नेताहरु जस बहादुर तामाङ र राम बहादुर भारती आज नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन ।

नवप्रवेशीलाई नेता श्रेष्ठले अबिरमाला लगाएर पार्टीमा स्वागत गरेका थिए । पुराना काग्रेस नेता जसबहादुर तामाङ उम्मेदवार श्रेष्ठको घरदैलो अभियानमा माओवादी केन्द्र प्रवेश गरेका हुन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: