Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अाफ्ना नेतामाथिकाे आक्रमण नरोकिए प्रतिकार गर्ने वाइसीएल र क्रान्तिकारीकाे कडा चेतावनी

काठमाडौं, कात्तिक २७ । चुनाब प्रचार अभियानमा रहेका आफ्ना नेतामाथि पछिल्लो समय लगातार भइरहेको आक्रमण नरोकिए प्रतिकार गर्ने नेकपा माओवादी केन्द्रका दुई भ्रात्रृ संगठन वाइसीएल र अखिल क्रान्तिकारीले चेतावनी दिएका छन ।

संघीय गणतन्त्रलाई संस्थागत गर्न हुन लागेको संघ र प्रदेशसभाका चुनावी अभियानमा रहेका उम्मेदवार, नेता, कार्यकर्ता र जनताको सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग उनीहरुले जोडदार माग पनि गरेका छन् ।

वाइसीएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रका प्रभावशालीनेताद्वय जनार्दन शर्मा र वर्षमान पुनलाई लक्षित गरेर भएको आक्रमणको भर्तसना गरेका छन् ।

‘पूर्वमन्त्रीद्वय वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा ‘प्रभाकर’लाई लक्षित गरी निकृष्ट ढंगले गरिएको कायरतापूर्ण र श्रृंखलावद्ध वम आक्रमणको घोर भर्त्सना गर्दछौं,’ विज्ञप्तिमा लेखिएको छ, ‘मुलुकमा समावेशी र समानुपातिक प्रतिनिधित्व सहितको संघीय गणतन्त्रको वहालीका लागि अतुलनीय भूमिका निर्वाह गरेका जनताका प्रिय नेताहरुको ज्यानै लिनेसम्मको मनसाय राखी गरिएको यो हर्कत हदैसम्म निन्दनीय छ ।’

विज्ञप्तिमा थप लेखिएको छ, ‘यस खालका गतिविधि जारी रहे देशभरका लाखौंलाख युवा विद्यार्थी प्रतिवादमा उत्रन वाध्य हुने चेतावनी दिन चाहन्छौं ।’

वाम गठवन्धनपछि सरकारले चुनाव विथोल्न अनेक बहानाबाजी खोजिरहेको र त्यसैलाई बल पुग्नेगरी आक्रमण भएको वाईसीएल र अखिल क्रान्तिकारीको ठहर छ । उनीहरुले यसलाई ‘पश्चगामी सोचको द्योतक’ भनेका छन् ।

हेर्नुस् विज्ञप्तीः

कमेन्ट गर्नुहोस्

%d bloggers like this: