नेपाल कम्युनिष्ट पार्टीका १२ नेता पक्राउ

कास्की, कात्तिक २७ । कास्की जिल्ला प्रहरी कार्यालयले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १२ जना कार्याकर्तालाई पक्राउ गरेको छ ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका उम्मेदवारलाई लक्षित गरी देशभरका विभिन्न स्थानमा आक्रमण र धम्की दिन थालेपछि प्रहरीले नेकपामा कार्यकर्तामाथि निगरानी बढाएसँग नियन्त्रणमा लिने कार्यमा तीब्रता दिएको छ ।

त्यसैक्रममा कास्की प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका १२ जना कार्यकर्तालाई सोमबार पक्राउ गरेको छ ।

मंसिर २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न उच्छृंखल गतिविधिमा संलग्न हुनसक्ने अन्यको पनि खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्