घुससहित सशस्त्र प्रहरीका एक जवान पक्राउ

बाँके, कात्तिक २७ । बाँकेको खजुरा रोडस्थित धम्बोजीबाट सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित सशस्त्र प्रहरीका एक जवानलाई नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय कोहलपुरले ७ हजार रुपैयाँ घुससहित सशस्त्र प्रहरीका जवान शम्भुप्रसाद आचार्यलाई पक्राउ गरेको छ ।

याे पनि पढ्नुस  पूर्व जनसेनाका कमाण्डर ‘युगान्त’, बाँकेबाट बने उम्मेदवार

आयोगको टोलीले नेपालगञ्जको खजुरारोडबाट सशस्त्र प्रहरी बलको नेपालगञ्ज कारकादौंमा रहेको औद्योगिक सुरक्षा गणमा कार्यरत आचार्यलाई सात हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको अख्तियारको कार्यालयले जनाएको छ ।

गस्तीमा रहेकन प्रहरीले भन्सारबाट मालसामान छुटाईदिने भन्दै घुस लिएको बताइएको छ । घुसको रकम लिँदैगर्दा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्