श्रमजीवी राज्य प्रणाली स्थापनाका लागि दुई तिहाइ बहुमत : पौडेल

खर्वाङ, कात्तिक २७ । नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य एवम् वागलुङ क्षेत्र नं २ का प्रतिनिधि सभाका वाम गठबन्धनका साझा उम्मेदवार देवेन्द्र पौडेल ‘सुनिल’ले श्रमजीवी जनताका राज्य प्रणाली स्थापना गर्नका लागि बाम गठबन्धनलाई दुई तिहाई बहुमत आवश्यक रहेको बताएका छन ।

६५ प्रतिशत नेपाली जनता बामपंथी भएपनि पटक पटक फुटका कारण जनताले चाहे अनुरुप वाम सरकार गठन हुन नसकि विकास नभएको दावी गरे र्।अब बामपंथी शक्ति एक भएर श्रमजीवी जनताको पक्षका लागि पार्टी एकता गरि देशलाई विकासको बाटोमा लैजाने बताए ।

बडिगाड गाउँपालिका वडा ५ ग्वालीचौरमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै पौडेले अब जिन्दावाद र मुर्दावादका नाराले मात्र देश बिकाश नहुने बताउदै अब देशमा आर्थिक क्रान्तिको बाटो भएको बताए ।
उनले भने माओवादी र एमालेको एकता बिपक्षी बिरुद्ध नभएको बताउदै सरकारको स्थायित्व, छिमेकी मित्र राष्ट्रसँग समधुर सम्बन्ध र राष्ट्रिय स्वाधीनतालाई जोगाई देशको उन्नतीका लागि भएको बताए ।
कार्यक्रममा ढोरपाटन नगरपालिका मेयर देबकुमार नेपालीले पार्टीको गुलियो नाराले मात्रै देशको बिकास नहुने बताउदै राष्ट्रिय स्तरमा पहुच राख्न सक्ने नेतालाई भोट हाली बिजयी बनाउन आग्रह गरे ।

कार्यक्रममा बोल्ने बक्ताले बिभिन्न चरणमा पार्टीले बिभिन्न नारा लिएर जादा जनतामा अल्मल रहेको बताउदै अहिले बामपंथी गठबन्धनले मतदातालाई उत्साहीत बनाएको बताउदै अब गठबन्धनको बिजयी सुनिश्चित भएको बताए ।

कार्यक्रम बागलुङ जिल्ला समन्वय समितिका उप संयोजक बिष्णु भुषाल नेकपा माओवादी केन्द्रीय महाअधिशवेशन आयोजक समितिका सदस्य तुल्सीराम अर्याल एमाले जिल्ला सदस्य शान्ति अधिकारी अग्नि शर्मा बडिगाड गाउँपालिका अध्यक्ष मेयरसिह पाईजा नेकपा एमाले प्रदेश ४ का सदस्य प्रदिप खरेल राजमोका मेखबहादुर पाईजा लगाएले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा राजन पाईजाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय बडिगाड स्तरीय निर्वाचन युवा परिचालन कमिटी गठन गरिएको छ ।

कमेन्ट गर्नुहोस्